Madhes Khabar
स्थानिय

पर्साकाे ग्रामीण भेगमा आतंक मच्चाउने बाघ अझै नियन्त्रणमा आउन सकेन

फाइल तस्बिर ।

वीरगन्ज,२७फाल्गुन:पर्साकाे सखुवाप्रसौनी गाउँपालिकामा बाघ पक्रन चितवन र पर्सा राष्ट्रिय निकुन्जबाट खटिएको संयुक्त प्राविधिकि टोलीले एक साता बित्दा पनि बाघलाई नियन्त्रणमा लिन सकेको छैन । सोमबार साँझदेखि उक्त टोली सखुवाप्रसौनी गाउँपालिका–१ मधुवनमथवल र वडा नंबर २ थापाटाँडी क्षेत्रमा खटिएको छ ।

डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्त प्रसाद साहले १० जनाको निकुन्जकर्मीको टोलीलाई ५ जनाको रंगपुर सब डिविजन कार्यालयको टोलीले पनि सघाइरहेको बताए । ‘दुबै निकुन्जको र हाम्रो पनि टोली अहोरात्र बाघको खोजीमा लागेको छ,’ उनले भने, ‘१५ जनाको टोली यस काममा खटिएको छ, तर एक साता बितिसक्दा पनि सफलता भने मिलेको छैन ।’

टोलीले बाघ रहेको सम्भावित स्थलहरुमा व्यापक खोजी गरिरहेको छ । यस कार्यमा निकुन्जको प्राविधिक टोलीले निकुन्जबाटै ल्याएको ३ वटा हात्ती समेत प्रयोग गरिरहेको छ । क्यामेरा तथा खोरसहित टोली आएको साहले बताए ।

सम्भावित स्थलहरुमा मकै बाली लगाइएको र मकैबाली भित्रै बाघ लुकेर बसेको अनुमान गरिएको उनले बताए । ‘मकै बालीमा पनि बाघ खोज्ने हरसम्भव प्रयास गरीएको छ,’ उनले भने, ‘तर सफलता मिल्न सकेको छैन ।’

बाघ फेला परेपछि डार्ट गरेर लठ्याउने र नियन्त्रणमा लिएर लग्ने प्रयोजनले टोलीले खोर समेत ल्याएको छ । राष्ट्रिय वनसँग जोडिएको उक्त क्षेत्रमा करिब एक महिनाअघि एउटा बाघ सक्रिय रहेको थियो ।

बाघको आक्रमणबाट एक स्थानीयको मृत्यु भएको थियो भने स्थानीयको चौपाया समेत बाघले खाँदै आएको छ । बाघ नियन्त्रणको मागसहित स्थानीयले दबाब दिएपछि नियन्त्रणको प्रयास भइरहेको हो ।साभार:इकान्तिपुरबाट

Related posts

बारामा टिपरकाे ठक्करबाट पूर्व अनुसन्धान अधिकृतकाे मृत्युु

MadhesKhabar

जनकपुरबाट वीरगन्ज आउँदै गरेको बस दुर्घटना, ३२ जना घाइते

MadhesKhabar

सिम्रौनगढका व्यापारी सिंहमाथि गोली प्रहारकाे प्रयास असफल

MadhesKhabar

Leave a Comment