Madhes Khabar
स्थानिय

नेपाली नक्कली नाेटसहित बारामा एक जना पक्राउ

बारा,२४फाल्गुन:बारामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बाराकाे महागढीमाई नगरपालिका वडा नम्बर ९ कञ्चनपुर निवासी ३५ वर्षीय राम बिनय सहनी रहेका छन्।

उनलाई प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ स्थित हरिहरपुर चेकबाट नेपाली एक हजार दरका आठ थान नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टाेलीले बीआर ०५ जे २१८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार सहनीलाई नक्कली नोटसहित पक्राउ गरेको हाे ।

पक्राउ परेका सहनीका साथबाट भारतीय पाँच सयको सक्कली नोट तीन थान र भारतीय नोट पाँच सयको साईजमा राखिएको सादा कागज दुई सय ८६ थना समेत बरामद गरिएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेले जानकारी दिए ।

पक्राउ परेका सहनीविरुद्ध खोटा चलन सम्बन्धि कसुर मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान कार्य भई रहेको प्रहरी नायब उपरीक्षक न्याैपानेले जानकारी दिए ।

Related posts

गर्मीका कारण वीरगन्ज महानगरका विद्यालयहरु तीन दिनका लागि बन्द

MadhesKhabar

एक महिनामा पर्सा प्रहरीको प्रगती : ६ करोड बढीको तस्करीका सामान बरामद

MadhesKhabar

जगरनाथपुर गाँउपालिकाले किराना पसलबाट किन्याे खाेप

MadhesKhabar

Leave a Comment