Madhes Khabar
राजनीति

नेपाल प्रहरीले मधेस सरकारलाई असहयाेग गरिरहेकाे मुख्यमन्त्री यादवकाे गुनासाे

वीरगन्ज,२०फाल्गुन:मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल प्रहरीले मधेस प्रदेश सरकारलाई असहयोग गरिरहेको गुनासो गरेका छन् ।

प्रहरी प्रधान कार्यालयले जनकपुरमा आयोजना गरेको सडक सुरक्षा सम्बन्धी प्रस्तुति कार्यक्रममा मुख्यमन्त्री यादवले यस्तो गुनासो गरेका हुन् ।मधेस प्रदेशको शान्ति सुरक्षा स्थापनाको सवालमा नेपाल प्रहरीले प्रदेश सरकारसँग समन्वय नगरी काम गरिरहेको उनकाे भनाइ छ । ‘त्यो भनेको हामीलाई नेपाल प्रहरीले असहयोग गरिरहेको छ,’ उनले भने ।

मधेस प्रदेशको शान्ति सुरक्षाको विषयमा प्रदेश सरकार गम्भीर भए पनि नेपाल प्रहरीको असहयोगकै कारण सोचे जस्तो उपलब्धि प्राप्त नभइरहेको मुख्यमन्त्री यादवले बताए ।

उनले भने,‘मधेस प्रदेशमा सडक दुर्घटनाको ग्राफ ठिक छैन, त्यसको न्यूनीकरणका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न तत्पर छ । त्यस कारण सुरक्षाका लागि चाहिने आवश्यक उपकरण माग गर्न आग्रह छ ।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णा यादव, अर्थमन्त्री सञ्जय यादव, स्वास्थ्य मन्त्री वीरेन्द्र प्रसाद सिंह, मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी यज्ञबिनोद पोखरेल लगायतकोपनि सहभागिता थियो ।साभार:राताेपाटीबाट

Related posts

बालेनको सरकारमा को- को बन्दै छन् मन्त्री ? मधेसबाट काे काे परे ?

MadhesKhabar

उपेन्द्र यादव भन्छन् : सरकारबाट हामीले समर्थन फिर्ता लिएका छैनौ

MadhesKhabar

प्रचण्ड विरूद्ध सर्वोच्च अदालतमा रिट दायर

MadhesKhabar

Leave a Comment