Madhes Khabar
राजनीति

संसद बैठकमै सिके राउतले भने : हामीले धोती लगाउँदा पनि यहाँ षडयन्त्र देख्छन्

काठमाडौं,१०फाल्गुनःजनमत पार्टीका अध्यक्ष डा.सिके राउतले पछिल्ला दिनमा जनतामा चरम निरासा बढिरहेको बताएका छन्। बिहीबार प्रतिनिधिसभा(संसद)बैठकमा बोल्दै नेता राउतले शासकको कार्यशैलीले वितृष्णा पैदा भएपछि युवाहरूले विदेश पलायनको बाटो रोजेको बताएका हुन्।

’जता जान्छु। देशमा चरम निराश व्याप्त देख्छु। देशमा मात्र नभइ विदेशमा पनि उत्तिकै निराशा छाएको देख्छु,’उनले भने,’सरकारप्रति, व्यवस्थाप्रति, देशप्रति राजनीति पार्टीप्रति,नेताहरूप्रति चर्को उदासिनता देख्छु।’

जनतामा न्यायपालिकाबाट न्याय पाउने आश मर्दै हुँदै गएको उनको भनाइ छ। ’देशका प्रमुख अंगहरू व्यवस्थापिका,न्यायपालिका र कार्यपालिका असफलत दिशातिर गइरहेको प्रतित भइरहेको छ,’उनले भने,’प्रतिनिधिसभा चार नेताहरूको रबरस्ट्याम्प जस्तै प्रयोग भइरहेको छ। न्यायपालिकामा बेन्च सपिङ भइरहेको छ। त्यहाँबाट न्याय पाउने आशा गर्न नसकिने अवस्था छ।’

उनले जंगबहादुर राणाको प्रसंग निकाल्दै पार्टीहरू सुध्रिएन भने राणाले जस्तै भोग्नु परेको हविगत नेताहरूले पनि भोग्नुपर्ने अवस्था आउने जिकिर गरे। अध्यक्ष राउतले भने,’जसरी जंगबहादुर राणाले रगतको आहाल टेकेर आफ्नो राज्य व्यवस्था ल्याएका थिए तर, अन्तिम अवस्थामा आफ्नो सेतो बाघबाट तर्सित हुनुपरेको थियो। यसैगरी अहिलेको शासन व्यवस्थाबाट शासन ल्याउनेहरू नै त्रसित भएको देख्छु।’

नेता राउतले अहिले पनि दुई÷ चारजना भेला हुँदा गणतन्त्र ढाल्न आयो कि भनेर शासकहरूमा सेतो बाघ देखिन थालेको टिप्पणी गरे। ’दुईजना युवाहरूले विदेश जान पाउँ भनेर अनुरोध गर्दा पनि गणतन्त्र ढाल्न आयो कि भनेर सेतो बाघ देख्ने षडयन्त्र शासकीयहरूमा देखिन्छ,’उनले भने,’हामीले जंगबहादुरको हविगत देखेकै छौं। कतै हामी सुध्रिएनौं भने ती हविगत भोग्नु नपरोस भनेर सचेत गराउन चाहन्छु।’

उनले सरकारले जनसरोकारवालाका मुद्दालाई वेवास्ता गरेको आरोप लगाए।’सरकारले जनसरोकारवालाका मुद्दामा छलफल गर्दैन। चाहे त्यो राजनीतिक पार्टीको बैठक होस् कि गठडबन्धनको बैठक होस् । सत्तामा कसरी टिक्ने ? गठबन्धनलाई कसरी जोगाउने? कसरी विरोधीहरूलाई समाप्त पार्ने त्यतातिर मात्रै ध्यान गएको देख्छु।’

संवैधानिक निकायहरू सरकारको निर्देशनमा जिउहजुर गर्नमा मात्रै व्यस्त रहेको भन्दै नेता राउतले कार्यपालिकाले जनतालाई सहज तरिकाले कुनै सेवा दिन नसकेको दावी गरे।

अध्यक्ष राउतले धोती लगाउँदा पनि षडयन्त्र देख्ने गरेको आरोप लगाए।उनले भने,’यहासम्म कि हामी कसैले धोती लगाउँदा पनि त्यसमा षडयन्त्र देख्छन्। हाम्रो मधेस प्रदेशको शिक्षामन्त्रीले प्रमुख अतिथिलाई फूल दिन जाँदा गठबन्धन भत्काउन लाग्यो भनेर गृहमन्त्रालयले लाठी चार्ज गर्न लगाएर टाउको फुटाउन आदेश दिन्छ।’ साभारःअन्नपूर्णपोष्टबाट

Related posts

जनआन्दोलन गर्ने जनमत पार्टीको घोषणा

MadhesKhabar

पर्सा २ मा काँग्रेसको लोकप्रियता बढ्दै, जसपाका प्रभावशाली नेताहरु काँग्रेस प्रवेश

MadhesKhabar

धर्मेन्द्र पटेल कांग्रेस पर्साकाे सदस्यमा मनाेनित

MadhesKhabar

Leave a Comment