Madhes Khabar
स्थानिय

बाराकाे आधाभारमा बाेलेराे र ट्रक ठाेक्किदाँ दुई जनाकाे मृत्यु

बारा,९फाल्गुन:पूर्वपश्चिम लाेकमार्ग अन्तरगत बाराको आधाभार जंगलमा बुधबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइतेपनि भएका छन् ।

पूर्वपश्चिम लोकमार्ग अन्तरगत बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित आधाभार जंगलमा हेटाैंडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बाेलेरो गाडी र विपरित दिशाबाट जादै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक एक आपसमा ठोक्किएको हाे ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको र उनिहरुकाे पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।घाइते तीन जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक राम कुमार महतोका अनुसार घाईतेहरुको परवानीपुरकाे नाैतनस्थित एल एस न्युरो असपतालमा उपचार भइरहेको छ ।

Related posts

अख्तियारमा देशभरिमै बढी उजुरी परेका १० स्थानीय तहमध्ये पर्साकाे छिपहरमाई गाँउपालिका पनि

MadhesKhabar

पानी नपाएर त्राहीमाम भएका वीरगन्ज १४ का स्थानीयले दिए आन्दोलनको चेतावनी

MadhesKhabar

तयार भयाे घण्टाघर

MadhesKhabar

Leave a Comment