Madhes Khabar
स्थानिय

पर्सामा मधेसी पत्रकार समाजको नयाँ कार्यसमिति गठन

वीरगन्ज,५फाल्गुन:पर्सामा मधेसी पत्रकार समाजको नयाँ जिल्ला कार्यसमिति आज गठन गरिएको छ ।

शनिबार वीरगन्जमा समाजंग आबद्ध पत्रकारहरुको भेलाले रामजी यादवको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा मुन्ना ठाकुर र हरिकिशाेर शर्मा, सचिवमा चन्द्र शेखर प्रजापति, सहसचिवमा पुनम चौधरी, कोषाध्यक्षमा धिरेन्द्र तिवारी रहेका छन्।यस्तै सदस्यहरुमा सत्येन्द्र यादव, सुरेन्द्र यादव, सचितानन्द साह, नेहा गिरी, सुनिता पटवा, जलान्धर यादव, प्रभा कुमारी यादव, रामबकस यादव, मृत्युन्जय साह, सहिना खातुन र शत्रुधन गुप्ता रहेका छन् ।

Related posts

चिया पसलमा टीकाटिप्पणी गर्नु भन्दा महानगरमै आउनुस्,छलफलका लागि म सधैं तयार छु:मेयर सिंह

MadhesKhabar

वीरगन्जका भित्री टोल र गल्लीका सडक–नालाहरु पनि पूर्ण सफा बनाउछु : मेयर सिंह

MadhesKhabar

सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

MadhesKhabar

Leave a Comment