Madhes Khabar
खेलकुद

परवानीपुर गोल्डकप फुटबल चैत ३ गतेदेखि

वीरगन्ज ,२७ माघ:परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत ३ गतेदेखि आयाेजना हुने भएको छ ।

शनिबार बसेको सर्वदलीय युवाहरुको बैठकले तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता चैत ३ गतेदेखि आयाेजना गर्ने निर्णय गरेकाे हाे।

शक्ति युवा क्लब परवानीपुरको आयोजनामा हुने परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताकाे संयोजकमा सुबोध श्रीवास्तव र सहसंयोजकमा दिपक यादवलाई जिम्मेवारी दिइएको छ।

शक्ति युवा क्लब परवानीपुरका अध्यक्ष राजमहम्द मियाको अध्यक्षतामा बसेको बैठकमा संजय मण्डल ,सुरेश यादव , देवबाबु यादव ,ध्रुव साह ,रवी राम , कृष्णा साह ,नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव सहित ६० जना युवाहरूको सहभागीता थियो ।

Related posts

नेपाल र हङकङबीचको टी–२० खेल वर्षाका कारण रद्ध

MadhesKhabar

आइपिएल : मुम्बईको पहिलाे जित, दिल्लीको लगातार चौथो हार

MadhesKhabar

बंगलादेशसंग भारत पराजित

MadhesKhabar

Leave a Comment