Madhes Khabar
राजनीति

स्व. सुशील काेइरालाकाे स्मृति दिवस वीरगन्जमापनि मनाइयो

वीरगन्ज,२६माघ:नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील काेइरालाकाे आठाैं समृति दिवस वीरगन्जमापनि विभिन्न कार्यक्रम गरि मनाइएको छ।

शुक्रबार नेपाली कांग्रेस पर्साले पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गरेकाे थियाे भने साँझ वीरगन्जको घणटघर चाेकमा नेपाल तरुण दल पर्साले दीप प्रज्वलन कार्यक्रम गरेकाे छ।

तरुण दल पर्साका अध्यक्ष विकास तिवारीकाे अध्यक्षता तथा कांग्रेस पर्साका सभापति एंव प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीकाे प्रमुख आतिथ्यतामा दीप प्रज्वलन कार्यक्रम गरिएको हाे।

उक्त कार्यक्रममा कांग्रेस पर्साका सभापति क्षेत्रीले स्वर्गीय काेइरालाकै प्रधानमन्त्रीत्व कालमा देशले संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक संविधान पाएकाले काेइरालाकाे नाम नेपालमा चीरकालसम्म अमर रहने बताए ।

उक्त कार्यक्रममा कांग्रेस पर्साका सचिव तथा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम,कांग्रेस पर्साका पूर्वउपसभापति प्रकाश उपाध्याय लगायतका नेता कार्यर्ताहरुकाेपनि सहभागीता थियाे।

Related posts

पत्रकार महासंघको मधेस प्रदेश अध्यक्षमा पर्साका बन्जाराले दिए उम्मेदवारी

MadhesKhabar

प्रेस सेन्टर बाराकाे अध्यक्षमा यादव सर्वसम्मत चयन

MadhesKhabar

डा. गुप्ताको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक : शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

MadhesKhabar

Leave a Comment