Madhes Khabar
राजनीति

स्व. सुशील काेइरालाकाे स्मृति दिवस वीरगन्जमापनि मनाइयो

वीरगन्ज,२६माघ:नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील काेइरालाकाे आठाैं समृति दिवस वीरगन्जमापनि विभिन्न कार्यक्रम गरि मनाइएको छ।

शुक्रबार नेपाली कांग्रेस पर्साले पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गरेकाे थियाे भने साँझ वीरगन्जको घणटघर चाेकमा नेपाल तरुण दल पर्साले दीप प्रज्वलन कार्यक्रम गरेकाे छ।

तरुण दल पर्साका अध्यक्ष विकास तिवारीकाे अध्यक्षता तथा कांग्रेस पर्साका सभापति एंव प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीकाे प्रमुख आतिथ्यतामा दीप प्रज्वलन कार्यक्रम गरिएको हाे।

उक्त कार्यक्रममा कांग्रेस पर्साका सभापति क्षेत्रीले स्वर्गीय काेइरालाकै प्रधानमन्त्रीत्व कालमा देशले संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक संविधान पाएकाले काेइरालाकाे नाम नेपालमा चीरकालसम्म अमर रहने बताए ।

उक्त कार्यक्रममा कांग्रेस पर्साका सचिव तथा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम,कांग्रेस पर्साका पूर्वउपसभापति प्रकाश उपाध्याय लगायतका नेता कार्यर्ताहरुकाेपनि सहभागीता थियाे।

Related posts

`राजालाई पक्राउ गरेर देखाउ, अनि शक्ति हामी देखाउँछौ’: राजेन्द्र लिङ्देन

MadhesKhabar

मधेस आन्दोलनमा सकृय रुपमा लागेका वीरगन्जका युवा नेता गुप्ता जनमत पार्टीमा प्रवेश

MadhesKhabar

कम्प्युनिष्ट एकताको लागि पहल गर्ने नेकपा एसको निर्णय

MadhesKhabar

Leave a Comment