Madhes Khabar
स्थानिय

बलात्कारको प्रयास गरेको आरोपमा बारामा एक युवक पक्राउ

सांकेतिक फोटो

वीरगन्ज,२३माघः बारामा ५५ बर्षिया एक महिलामाथी कुटपिटगरी बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बाराको जीतपुरसिमरा उमहानगरपालिका वडा नंबर १८ कुस्माडीका प्रताप भनिने २३ बर्षिय नरेश चौधरीलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीलाई ईलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चौधरीले ५५ बर्षिया महिलालाई बाटोढुकी जबरजस्ती मकैबारीमा लगी कुटपिट गरी बलात्कारको प्रयास गरेको आरोप छ । पतिकाका लागि टिफिनमा खाना लिएर जाँदै गरेका बेला ती महिलालाई चौधरीले सडकको एकान्तमा रोकी कुटपिटगरी जबरजस्तीको प्रयास गरेको बताइएको छ ।

घर जाँदै गरेका पिडितका देवर पर्ने आफन्तले बाटो नजिकै मकैबारीमा महिला चिच्याएको आवाज सुनेर होहल्ला गरेपछी पिडक चौधरी भागेका थिए । कुटपिटबाट घाइते महिलालाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको र घटना बारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालयउ सिमराले जनाएको छ ।

Related posts

बारामा एक युवकको हत्या ,परालको भुसबाट शव बरामद

MadhesKhabar

वीरगन्जमा सशस्त्र प्रहरीद्वारा ‘समुदाय विपद स्वयंसेवक परिचालन आधारभुत तालिम’ सञ्चालन

MadhesKhabar

एमालेका गुप्ताले जितेको ३ दिन पछि पाए प्रमाणपत्र , भन्छन् : सत्यको जित भएरै छाड्यो

MadhesKhabar

Leave a Comment