Madhes Khabar
राजनीति

दरबार हत्याकाण्डकाे छानविन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

सिमरा,१५माघ:प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०५८ सालमा भएको राजदरबार हत्याकाण्डको छानविन हुने बताएका छन्। सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे।

वीरगन्जमा साेमबार प्रेस सेन्टरकाे कार्यक्रम सकेर काठमाडौं फर्किने क्रममा सिमरा विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई विदाई गर्न नेकपा माओवादी केन्द्रका नेता कार्यकर्तापनि पुगेका थिए।

Related posts

बारा–३ का रास्वपा क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

MadhesKhabar

पर्साका सांसद प्रदीप यादव , जसपाको प्रमुख सचेतकमा नियुक्त

MadhesKhabar

युवा संघ नेपालको वीरगन्ज महानगरको अध्यक्षमा चौबे चयन

MadhesKhabar

Leave a Comment