Madhes Khabar
राजनीति हेडलाइन

पर्साका सांसद प्रदीप यादव , जसपाको प्रमुख सचेतकमा नियुक्त

वीरगन्ज, १२ जेष्ठ : जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्रमुख सचेतकमा प्रतिनिधिसभा सदस्य प्रदीप यादव नियुक्त भएका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यादवलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीको तर्फबाट संघीय संसदको संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवलाई प्रमुख सचेतकमा नियुक्त गरिएको जानकारी संघीय संसद सचिवालयलाई शुक्रबार दिएका छन् ।

संघीय सांसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन तथा नियमानुसार पाउने सुविधा उपलब्ध गराइदिने व्यवस्थाका लागि अध्यक्ष यादवले संघीय संसद सचिवालायलाई आग्रह गरेका छन् ।

Related posts

वीरगन्जका नवनिर्वाचित मेयर राजेशमानको राजनीतिक यात्रा – वडा सदस्य देखि मेयर सम्म

MadhesKhabar

सुर्या हस्पिटलमा पनि डेट एक्सपायर औषधी भेटिएको महानगरको अनुगमन समितिद्वारा जानकारी

MadhesKhabar

फुट्यो उपेन्द्र यादवको पार्टी जसपा, प्रदीप यादवसहितका सांसदले गरे विद्रोह

MadhesKhabar

Leave a Comment