Madhes Khabar
समाचार

अङ्ग्रेजी नयाँ वर्षका दिन पर्सामा १२० सवारीसाधन कारबाहीमा परे

वीरगन्ज,१८पुष:अङ्ग्रेजी नयाँ वर्षको दिन गत साेमबार पर्सामा ट्राफिक नियम उल्लंघन गर्ने १२० सवारी साधन कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार त्यसदिन पर्साका विभिन्न स्थानमा चेकजाँच गर्दा १२० सवारी साधन कारबाहीमा परेका हुन् ।

अङ्ग्रेजी नयाँ वर्ष मनाउने क्रममा हुने सवारी दुर्घटनालाई न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहतका ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेका २० सवारीलाई २४ घण्टे जारी गरी अर्काे चालकलाई जिम्मा लगाएर पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । उनका अनुसार ४ वटा मोटरसाइकललाई होल्डमा राखिएको छ ।

यस्तै पर्साको ठोरीमा बिना हेलमेट सवारी चलाउने, सवारी चालक अनुमति पत्र प्राप्त नगरेको, सवारी दर्ता किताब(ब्लु बुक) नबोकेका २५ वटा सवारीलाई कारबाही गरिएको छ ।

वीरगन्जकाे तिलावे पुलमा ११ वटा, गण्डक चाेकमा ५ वटा, पावरहाउस चाेकमा ९ वटा, वीरगन्जज भन्सार क्षेत्रमा ६ वटा, बसपार्कमा ६ वटा, ड्राइपोर्टमा २७ वटा र बहुअर्वाभाठामा १२ वटा सवारीलाई कारबाही गरिएको खतिवडाले जनाए।

ट्राफिक प्रहरी निरीक्षक खतिवडाले यसपटक अङ्ग्रेजी नयाँ वर्षका दिन कुनै अप्रिय दुर्घटना भने नभएको बताए ।

Related posts

वीरगन्जका सञ्चारकर्मी सर्राफसंग अभद्र व्यवहार गर्ने सशस्त्र प्रहरीका असई सिंहमाथि कारबाही सुरु

MadhesKhabar

सूर्य नेपाल प्रालिको कर्मचारी भन्दै व्यपारीहरुलाई ठग्ने वीरगन्जका ३ जना पक्राउ

MadhesKhabar

श्रोत नखुलेको ८३ लाख रकम सहित दुई जना पक्राउ

MadhesKhabar

Leave a Comment