Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

काठमाडौंमा ‘राष्ट्रिय धोती दिवस’ मनाउने मधेसीहरुमाथि प्रहरीको हस्तक्षेप

काठमाडौं,१६पुष: अङ्ग्रेजी नयाँ वर्षकाे पहिलाे दिन जनवरी १ तारिखको अवसर पारेर साेमबार काठमाडौंमा ‘राष्ट्रिय धोती दिवस’ मनाउन भन्दै माइतीघरमा भेला भएकाहरुलाई प्रहरीले हस्तक्षेप गरेको छ ।साेमबार बिहान मधेसी समुदायका केही व्यक्तिहरु सेतो धोती लगाएर ‘राष्ट्रिय धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो ।त्यस क्रममा प्रहरीसँग उनीहरुको धकेलाधकेल भएको छ ।

सरकारले हाल माइतीघरमा प्रदर्शन, भेला, जुलस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।साभार:अनलाइनखबरबाट

Related posts

वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ: अर्थमन्त्री महत

MadhesKhabar

सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुमा वीरगन्ज महानगरले फालिदियो कचरासहितको फोहोर

MadhesKhabar

दलितवस्तीमा पुगेर रिजालले गरे सहभोज , रिजाललाई नै जिताउने दलितहरुको सामुहिक घोषणा

MadhesKhabar

Leave a Comment