Madhes Khabar
वाग्मती प्रदेश

ललितपुरमा परिक्षार्थीहरुकाे प्रदर्शनमा प्रहरीकाे गाेली लागेर दुई जनाकाे मृत्यु

काठमाडौं ,१३पुष: रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको मृत्युु भएकाे छ ।

शुक्रबार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्युु भएकाे हो।मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।

आन्दोलनको क्रममा घाइते भएका दुई जनारको उपचारका क्रममा मृत्युु भएको उनले बताए ।मृत्युु हुनेमा सुर्खेतका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको पनि उनले बताए।प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै भाैतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाकाे बा२झ ५८६१ नम्बरको गाडीमा आगजानी गरेका थिए ।

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।

Related posts

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

काठमाडौंमा चार जनाको सामुहिक हत्या गर्ने आरोपी सार्वजनिक

MadhesKhabar

Leave a Comment