वीरगन्ज,२६कार्तिक :एउटा सामान्य किसान परिवारमा जन्मिएर अनेक आरोहअवरोहबाट राजनीतिमा स्थापित नाम हो, हरिनारायण रौनियार । निर्माण व्यवसायमा करीब ४ दशकको अनुभव सँगालेका रौनियारले आफूले नेतृत्व गरेको निर्माण कम्पनीलाई क वर्गमात्र पु¥याएनन्, उनी राजनीतिमार्फत समाजको रुपान्तरणमा पनि अब्बल छन् ।
व्यावसायिक जिम्मेवारीलाई बिट मार्दै आफ्नो बाँकी जीवन सामाज सेवामा सुम्पिने प्रणसहित राजनीतिमा होमिएका हुन्, हरीनारायण रौनियार । रौनियार तत्कालीन मधेसी जनअधिकार फोरममार्फत राजनीतिमा होमिएर २०७४ सालको आमनिर्वाचनमा पर्सा क्षेत्र नं. ३ बाट प्रतीनिधिसभामा चुनिए ।
उनी सक्रिय राजनीतिमा आएको छोटो समयमै उच्च आहोदामा पुग्ने राजनीतिकर्मी हुन् । तर, उनी यो एकाएक नभएको बताउँछन् । ‘एकाएक राजनीतिको माथिल्लो तहमा पुगेको भनेर चर्चा गरिएको छ । तर, राजनीतिमा जादुजस्तो एकाएक भन्ने कुरा हुँदैन। यो समाज परिवर्तनका लागि गरेको प्रण र मतदाताको विश्वासको परिणाम हो,’ रौनियार भन्छन् ।
यसो त उनी युवा अवस्थादेखि नै राजनीतिमा सहभागी थिए । जन्मिएको माटो र समाजका लागि सघर्षशील उनलाई पर्सा ३ का मतदाताले पत्याएका थिए । पुरातन साशक र नेतृत्वबाट आजित पर्साका जनताले आफ्नो लागि एक सशक्त आवाज खोजिरहेको अवस्थामा रौनियार आशाको घाम बनेर उदाएका थिए ।
तर, विशाल जनाधारबाट नीति निर्माणको तहमा पुगेका रौनियारलाई पुरातन साशक वर्गले स्वीकार गर्न नसक्नु अस्वाभाविक पनि थिएन । दशकौंदेखि जनाताको आँखामा छारो हालेर शासन गर्न पल्किएका साशकवर्गका अगाडि चुनौती बनेर उभिएका थिए, रौनियार ।
राष्ट्रिय राजनीतिमा मधेसी जनताकोतर्फबाट उपस्थिति हुन थालेको वर्षौंभइसक्दा पनि विभेद कायमै रहेको अवस्था थियो । अधिकार प्राप्तिको लडाइँले पूर्णता पाइनसकेको र जनताले परिवर्तन महसुस गर्न नपाइरहेको अवस्थालाई परिवर्तन गर्नु नै आफ्नो मूल ध्येय बनाएका रौनियार अघि बढिरहे । तब सुरु भयो उनीविरुद्ध राजनीतिक षड्यन्त्रको खेल, जसका कारण संसदमा आफ्नो दरिलो उपस्थिति दर्शाउँदै गर्दा निलम्बनमा पारिए । ताथापि, उनी आज पनि आफ्नो क्षेत्र र समाजका हरेक सुख दुःखमा निरन्तर जोडिएका छन् ।
राजनीतिमा कुत्सित मनोकांक्षा पूरा गर्न जस्तोसुकै स्तरमा ओर्लिनसक्ने विरोधी गिरोहले आफूलाई फसाउन भएभरको बल लगाएको बुझाइ रौनियारको छ । गलत नियत र प्रचारको बलमा बदनाम गराउन खोजिए पनि त्यो सफल नभएको र आफू सधैं समाजको सेवामा जुटिरहको उनी बताउँछन् । यी सबै प्रपञ्चलाई चिर्दै एकदिन आफूमाथि न्याय हुनेमा पनि उनी विश्वस्त देखिन्छन् ।
राजनीतिमा स्थापित हुन जनाधार र जनविश्वास मुख्य कुरा भएको उनको बुझाइ छ । राजनीतिमा वैचारिक रुपमा मतान्तर भए पनि नेतृत्वमा मित्रवत प्रतिस्पर्धा हुनुपर्नेमा उनको जोड छ । तर, राजनीतिकर्मीमा यस्तो व्यवहार नभएको र एकअर्कालाई शत्रुवत व्यवहार गर्ने प्रवृत्तिप्रति उनी चिन्तित देखिन्छन् ।
जनसेवा र देश विकास का लागी राजनितिको मुलबाटो पहिल्याउन अबको आवश्यकता क्षेत्रीय स्तर भन्दा माथी उठेर राष्टृय पार्टी मा समाहित हुनु नै अहिले जनाता को माग पनि हो । “ देशको राजनिती र जनचासो प्रती उनको चिन्ता जायज थियो । नेकपा एमालेमा प्रवेश गर्ने खबरका बिच गरिएको यस छलफलमा नेता रौनियार आफ्नो आगामी राजनीतिक यात्रा प्रती दृढ देखिन्छन ।