Madhes Khabar
खेलकुद

विश्वकप क्रिकेटमा फेरि अर्को उल्टाफेर : नेदरल्यान्डसंग दक्षिण अफ्रिका ३८ रनले पराजित

वीरगन्ज,३०असाेज: नेदरल्यान्डद् आईसिसी विश्वकप क्रिकेट २०२३मा दक्षिण अफ्रिकालाई ३८ रनले हराएको छ ।नेदरल्यान्डले गतवर्ष टि२० विश्वकपमा दक्षिण अफ्रिकालाई हराएको थियो । त्यसैको कारण दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनलमा पुग्न सकेको थिएन ।

मंगलबार भएकाे खेलमा जितको लागि २ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४२.५ ओभरमा २ सय ७ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका लागि डेविड मिलरले ५२ बलमा ४ चौका र १ छक्कासहित ४३ रन बनाए । त्यो जितका लागि पर्याप्त थिएन ।

यसै विश्वकपमा दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध ४ सय २८ रन बनाएको थियो । तर नेदरल्यान्डसंग स्तब्ध हुन पुगेको हो ।

मिलरले ब्यक्तिगत २३ रनमा जीवनदान पाएका थिए । स्पिनर भान डर मर्वेको बलमा ठूलो सट खेलेपनि लङअनमा बास डि लिडले क्याच छाडेपछि मिलरले जीवनदान पाएका थिए । तर त्यो जीवनदानको फाइदा उठाउन सकेका थिएनन् ।

ओपनर क्विन्टन डि कक र टेम्बा बभुमाले ८ ओभरमा ३६ रनको साझेदारी गरेका थिए । डि कक स्पिनर कोलिन एकरम्यानरको बलमा स्कट एडवाड्सबाट २० रनमा क्याच आउट भए । त्यसपछि दक्षिण अm्रिकाले लगातार विकेट गुमायो ।

लोगन भान बिकले बभुमालाई १६ रनमा बोल्ड आउट गरे । स्पिनर रोलफ भान डर मर्वेले रास्सी भान डर डुसेनलाई ४ रनमा क्याच आउट गराए । तीव्र गतिका बलर पल भान मार्केनले एडेन माक्ररम १ रनमा बोल्ड आउट भएपछि संकटमा परेको थियो । एक समय ४४–४ को दयनीय अवस्थामा पुगेको दक्षिण अफ्रिकालाई मिलर र हेनरिक क्लासेन अन्तिम आशाको रुपमा थिए ।

लोगन भान बिकको बलमा क्लासेन २८ रनमा विक्रमजितसिंह बाट क्याच भएपछि जितको सम्भावना कठिन बनेको थियो । क्लासेनले २८ बलमा ४ चौका प्रहार गरे । मार्को यानसन ९ र जेराल्ड कोट्जी २२ रनमा आउट भए । केशव महाराज ३७ बलमा ५ चौका र १ छक्कासहित ४० रनमा आउट भए ।

नेदरल्यान्ड्सका स्पिनर रोलेफ भान मर्वेले ९ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । पल भान मार्केनले ९ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । बास डि लिडले ८ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । कोलिन एकरम्यानले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । लोगन भान बिकले ८.५ ओभरमा ६० रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि वर्षाका कारण ४३ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले ८ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो ।नेदरल्यान्ड्सको जितमा कप्तान स्कट एडवार्ड्सले ६९ बलमा १० चौका र १ छक्कासहित ७८ रनको अविजित कप्तानी इनिङ खेलेका थिए । आर्यन दत्तले ९ बलमा ३ छक्कासहित २३ रन बनाउँदै नआउट रहे ।

ओपनर विक्रमजित सिंह १६ बल खेल्दै मात्र २ रनमा आउट भए । अर्का ओपनर म्याक्स ओडाउडले २५ बलमा १८ रन जोड्ने क्रममा ४ चौका प्रहार गरे । कोलिन एकरम्यानले २५ बलमा एक चौका सहित १३ रन बनाए ।

बास डे लेडाले २ रन मात्र बनाउन सके। साइब्रान्ड अंगलब्रेक्तले १९ रन बनाउँदा लोगन भ्यान बिकले १० रन बनाए । रोलाफ भ्यान डर मर्वाले १९ बलमा ३ चौका र १ छक्कासहित तल्लोक्रममा महत्वपूर्ण २९ रन जोडेका थिए ।

दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को यानसन र कागिसो रबाडाले समान २ विकेट लिए । यस्तै जेरार्ड कोटजी र केशव माहाराजले भने समान १ विकेट लिए ।

दक्षिण अफ्रिकाले श्रीलंकालाई १ सय २ र अष्टेलियालाई १ सय ३४ ले हराएको थियो । दक्षिण अफ्रिकाले अब शनिबार इंग्ल्यान्डसँग खेल्नेछ । नेरल्यान्ड्स पहिलो खेलमा पाकिस्तानसँग ८१ र न्युजिल्यान्डसँग ९९ रनले पराजित भएको थियो । अब नेदरल्यान्डले शनिबार श्रीलंकासँग खेल्नेछ ।

Related posts

विश्वकप फुटबल : मेसीको गोलमा अर्जेन्टिना विजयी

MadhesKhabar

दोस्रो परवानीपुर गोल्डकप फुटबल : वीरगन्ज युनाईटेड क्लब विजयी

MadhesKhabar

वीरगन्जमा आयोजित विद्यालय स्तरीय फुटबलको उपाधि भूपू सैनिक स्कुलले जित्यो

MadhesKhabar

Leave a Comment