Madhes Khabar
खेलकुद

विश्वकप क्रिकेटमा इंग्ल्यान्डमाथि अफगानिस्तानकाे अप्रत्याशित जीत

वीरगन्ज,२८असाेज: भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले इंग्ल्यान्डलाई ६९ रनले पराजित गरेको छ।

आइतबार दिल्लीमा भएकाे खेलमा अफगानिस्तानले साविक विजेता इंग्ल्यान्डलाई हराउँदै विश्वकप इतिहासमा ऐतिहासिक जित हात पारेको हो।

अफगानिस्ताने २८५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डलाई ४०.३ ओभरमा २१५ रनमा अलआउट गर्दै जित निकालेको हो।

जारी विश्वकपमा तीन खेलमा इंग्ल्यान्डको यो दोस्रो हार हो। अघिल्ला दुई खेलमा पराजित भएको अफगानिस्तानको भने पहिलो जित हो।

आइतबार दिल्लीमा भएकाे खेलमा इंग्ल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान डविड मलानले ३२ रन जोड्दा अर्का ओपनर जोनी बारयस्टो २ रनमै आउट भएका थिए।

जोए रुट ११ रन र कप्तान जोस बटलर ९ रनमै आउट हुँदा इंग्ल्यान्डले १८ ओभर चल्दा ४ विकेट गुमाउँदा ९१ रन जोडेको थियो।

ह्यारी ब्रुकले ६६ रन जोड्दा इंग्ल्यान्डको आसा जागेको थियो। तर उनी नवीन उलहकबाट बोल्ड भए।

यस्तै लियाम लिभिङस्टोन र साम करन १०-१० रनमा आउट हुँद क्रिस ओएक्सले ९ रन र अदिल रसिदले २० रन भन्दा बढी जोड्न सकेन्। मार्क उड पनि १९ रनमा रासिद खानबाट बोल्ड भएपछि इंग्ल्यान्डले हार टार्न सकेन।

बलिङमा अफगानिस्तानका रासिद खानले ३ विकेट लिँदा नाबीले २ विकेट हात पारे।

त्यसअघि इंग्ल्यान्डले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अफगानिस्तान एक बल खेल्न बाँकी छदा २८४ रनमा अलआउट भयो।

अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुरवाजले ८० रन जोडे। उनले ५७ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर इब्राहिम जर्द्रानले २८ रनको योगदान गरेका थिए।

इक्रम अलिखिलको ५८ रन अफगानिस्तानका लागि महत्वपूर्ण सावित भयो। उनले ६६ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

बलिङमा इंग्ल्यान्डका अदिल रसिदले ३ र मार्क उडले २ विकेट लिए।

Related posts

दोस्रो टी-२० मा भारतसँग न्युजिल्याण्ड ६५ रनले पराजित

MadhesKhabar

नेपाललाई नेदरल्याण्डले दियो १८५ रनको लक्ष्य

MadhesKhabar

बेंग्लोरका कप्तानलाई १२ लाख भारु र पन्जाबका कप्तानलाई ’म्याच फी’ को ५० प्रतिशत जरिबाना

MadhesKhabar

Leave a Comment