Madhes Khabar
समाज

विपी जयन्तिमा नेविसंघ पर्साले ठाकुरराम क्याम्पसमा दियो २० थान भित्तेघडी

वीरगन्ज,२६ भदौं : नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाको ११० औं जन्मजयन्तिको अवसरमा नेपाल विधार्थी संघ पर्साले ठाकुरराम बहुमुखी क्याम्पसमा २० थान भित्ते घडी प्रदान गरेको छ ।

वरिष्ठ चिकित्सक डाक्टर नीरज सिंहको सहयोगमा नेविसंघ पर्साले क्याम्पसका विभिन्न शाखा र कक्षाकोठामा राख्नका लागि २० थान भित्ते घडी प्रदान गरेको हो ।

मंगलबार नै नेविसंघ पर्साले ११० औं विपी जन्मजयन्तिको अवसरमा अन्तरकृया कार्यक्रमपनि गरेको छ ।नेविसंघ पर्साका सभापति रमेश यादवको अध्ध्यक्षता तथा नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीको प्रमुख आतिथ्यतामा भएको अन्तरकृया कार्यक्रममा सहभागीहरुले नेपालको राजनीतिमा विपी कोइरालाले दिएको योगदान र उनको विचार तथा सिद्धान्त बारे चर्चा गरेका थिए ।

कार्यक्रममा कांग्रेस पर्साका उपसभति अशोक गुप्ता, क्षेत्रिय सभापति महम्मद शाहबुदिन,कार्यवाहक क्षेत्रीय सभापति अनिल सिंह, महानगर अध्यक्ष मणिन्द्रलाल नेपाली, क्यापस प्रमुख रञ्जित यादव, पूर्व क्यापस प्रमुख प्रमोद कुशवाहा, महिला नेतृ रम्भा मिश्रा, युवा नेता हरिन्द्र यादव, नेपाल राष्ट्रिय उपभोक्ता मञ्च पर्साका अध्यक्ष साबिर हुसेन, नेपाल तरुण दल केन्द्रिय सदस्य रोशन सिंह, नेविसंघका केन्द्रीय सदस्य सुरेन्द्र लामिछाने,नेहा मिश्रा, सचिव फिरोज अन्सारी, विद्यार्थी नेता सुधांशुु चौरसिया, राखि गिरी, पवन पटेल लगायतको सहभागीता थियो ।

Related posts

गौतम माविमा आयोजित कार्यक्रममा ४५ जनाले गरे रक्तदान

MadhesKhabar

उपकार सेवा नेपालद्वारा पोखरियाका स्वास्थ्य संस्थाहरुमा १० थान पंखा सहयोग

MadhesKhabar

मितेरी पुलमा ट्रकको ठक्करबाट एक भारतीयको मृत्यु

MadhesKhabar

Leave a Comment