Madhes Khabar
राष्ट्रिय

नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने

काठमाडौं,२६ भदौं : संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे हुने भएको छ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो। सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक विदा दिने निर्णय गरेको छ।

एमालेले पनि शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ। एमालेले पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको छ।

बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बुधबार अपरान्ह ४ बजेपछि मात्रै नेपाल आइपुग्दै छन्। १५ दिन अघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ भने मंगलबार नै राति ११ बजे काठमाडौं पुग्नेछन्।

छोराहरू आएपछिमात्रै अन्त्येष्टि गर्ने परिवारले आग्रह गरेका कारण बुधबार दिनभर पनि नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यलय च्यासलमा राखिने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। नेम्वाङका २ छोरी र २ छोरा छन्। छोरीहरू भने काठमाडौंमा नै छन्।

नेम्वाङको हृदयघातका कारण सोमबार राति १ बजेर ४० मिनेट जाँदा निधन भएको थियो।साभारः सेतोपाटीबाट

Related posts

लाल माेहम्मद हत्या प्रकरण : रक्साैलका बब्लु मुख्य याेजनाकार

MadhesKhabar

प्यासी जेलबाट छुटेको विरोधमा पिडित परिवारद्धारा परवानीपुरमा प्रदर्शन

MadhesKhabar

ललिता निवास प्रकरणमा नेपाल र भट्टराईलाई मुद्दा किन चलाइएन ? भन्दै सर्वोच्चले माग्यो कारण

MadhesKhabar

Leave a Comment