Madhes Khabar
राजनीति

चिनियाँ राजदूत सोङको विरोधमा प्रदर्शन

काठमाडौं,२५ भदौं: राष्ट्रिय एकता अभियानले नेपालका चिनियाँ राजदूत चेङ सोङको विरोधमा प्रदर्शन गरेको छ ।चिनियाँ राजदूत चेन सोङले नेपाल र भारबिचको सम्म्बन्धमा कुटनीतिक मर्यादा विपरित अभिव्यक्ति दिएको भन्दै अभियानका नेता कार्यकर्ताहरुले सोमबार काठमाडौंमा जुलुश नै निकालेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले चिनियाँ राजदूतलाई फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दावाद, आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, ऋणजाल चाहिदैन, देश डुबाउन पाईदैन जस्ता नारा लगाएका थिए ।अभियानका केन्द्रीय संयोजक विनय यादवको नेतृत्वमा बबरमहलबाट निकालिएको विरोध जुलुश नयाँबानेश्वर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागी संविधानसभा सदस्य एंव अभियानका वरिष्ठ नेता वीपी यादवले चीनले तिब्बत र ताइवानजस्तै नेपाललाई उपनिवेश बनाउन खोजेको आरोप लगाए । उनले नेपाल–चीन सम्बन्ध बढाउनु भन्दा पनि नेपाललाई कसरी ऋणको जालमा फसाउने भन्ने विषयमा चिनियाँ राजदूत बढी सक्रिय रहेको आरोप लगाए ।

चिनियाँ राजदूत सोङको अभिव्यक्ति नेपालको आन्तरिक मामिलामा चीनको हस्तक्षेप रहेको भन्दै यादवले यसले देशको राष्ट्रिय स्वाधीनतालाई खतरामा पारेको बताए ।अभियानका महासचिव डाक्टर प्रभात कुशवाहाले चिनियाँ राजदूतको विवादास्पद अभिव्यक्तिको विरोध गर्दै नेपाल सरकारलाई चीनसँगको सम्बन्ध पुनरावलोकन गर्न आग्रह गरे ।

प्रदर्शनमा अभियानका महिला संयोजक रिता साह, मधेश सम्पर्क समिति काठमाडौंका संयोजक बिनोद सिंह, सल्लाहकार जयनारायण यादव, अभियानका यूवा नेता धीरज गिरी, राष्ट्रिय विद्यार्थी परिषद्का महादचिव पप्पु यादव, अभियानीहरू सूजन यादब, गणेशकुमार सिंह, चन्द्रमोहन सिंह लगायत सहभागी थिए ।

Related posts

पर्सा १(ख) मा मुख्यमन्त्री गद्धी ४९० मतले अगाडि

MadhesKhabar

पर्साकी उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध हुने पक्का

MadhesKhabar

टिकट नपाएपछि सबै भन्दा बढि विद्रोह मधेसी दलमा

MadhesKhabar

Leave a Comment