Madhes Khabar
स्थानिय

वीरगन्जका मुख्य नालाहरुमाथि बनाइएका भवनसहितका संरचना हटाउन मेयर सिंहको निर्देशन

वीरगन्ज,३असार: वीरगन्जमा ठूला नाला सरसफाइमा अफ्ठ्यारो भएपछि नालामाथि बनेका भवनसहितका संरचना हटाउन मेयर राजेशमान सिंहले निर्देशन दिएका छन् ।

महानगरको मुख्य सडकको बिचमा पर्ने ठूला नालामाथि शैक्षिक संस्थाको भवनदेखि वित्तीय संस्था र होटल समेत निर्मित छन् । वर्षायाम अगाडि वीरगन्जको मुख्य नाला सफाइका क्रममा निर्मित संरचनाले बाधा पुर्‍याएपछि त्यसलाई हटाउन मेयर सिंहले निर्देशन दिएका हुन् ।

नालामाथि कर्पोरेट डेभलपमेन्ट बैंक रहेको घर, क्लासिक होटल रहेको घर, हरिखेतान बहुमुखी क्याम्पससहितका घरहरु निर्मित छन् । घरका कारण महानगरको सफाइ उपकरण र वाहन त्यहाँ जान नसक्दा राम्ररी सफाइ हुनसकेको छैन ।

आइतबार मुख्य नाला सफाइको अनुगमन गर्दै मेयर सिंहले नालामाथिको अवैध र अतिक्रमीत संरचना भत्काएर भएपनि नाला सफाइको काम जारी राख्न निर्देशन दिएका छन् । ‘नालामाथी बनेको सिमित घरका कारण सफाइ हुनसकिरहेको छैन,’ उनले भने, ‘अहिले सफाइ भएनभने वर्षायामको पानीले निकास नपाउँदा यस क्षेत्रमा डूबान हुन्छ । त्यसैले संरचना हटाउन निर्देशन दिएको हुँ ।’

एकैछिनको वर्षातले जलमग्न हुने भएपछि महानगरले केहि दिन अगाडि मात्रै जिल्ला प्रशासन कार्यालय पर्सा (सिडिओ अफिस) सँगैको ठूलो नालामा सफाइ गरेको छ । नाला सफाई गर्न क्रममा त्यहाँ रहेको पर्खालसमेत भत्काउनु परेको महानगरपालिकाको सरसफाई महाशाखा प्रमुख सर्फुदिन मियाँले बताए । नाला सफा गरिएसँगै डुबानको जोखिम कम भएको मियाँ बताउँछन् ।

महानगरले यसअघि नै पटकपटक सूचना जारी गर्दै नालामाथिको निर्मित संरचनाहरु आफै हटाउन निर्देशन दिँदै आएको छ ।

Related posts

अपडेट :होटलको कोठाबाट बुवा–छोराको शव निकालेर प्रहरीले नारायणी अस्पतालमा पठायो

MadhesKhabar

पर्साको ठोरीमा नमूना मतदान, सिडिओले पनि हाले भोट

MadhesKhabar

पर्सामा बाघको आक्रमणबाट एक जना गम्भिर घाइते

MadhesKhabar

Leave a Comment