Madhes Khabar
राजनीति हेडलाइन

बारा २ मा उपेन्द्रलाई टक्कर दिन शीवचन्द्र जनमतमा प्रवेश

काठमाडौं,१५ चैत : नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

कुशवाहले पार्टीभित्र आफूलाई वास्ता नगरिएकाले जनमत पार्टीमा प्रवेश गरेको बताए ।गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुशवाहा बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवारी दिएका थिए । उनी जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले मात्रै पराजित भएका थिए ।

यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त बारा २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । जनमत पार्टीमा प्रवेश गरेसँगै कुशवाहाले बारा क्षेत्र नम्बर २ बाट उपनिर्वाचन लड्ने बताए ।

‘उपेन्द्र यादव सप्तरीमा ठूलो मतान्तरले पराजित हुनुभयो सीके राउतसँग । उपेन्द्र यादवमा सत्तामोह देखियो । बारा २ का जनताको भावना विपरीत पदलोलुप सत्ताबिना बाँच्नै नहुने व्यवहार उपेन्द्र यादवमा देखिएको छ,’ पत्रकार सम्मेलनमा कुशवाहाले भने, ‘उपेन्द्र यादवलाई पराजित गर्नका निम्ती बारा २ बाट उम्मेदवारी दिने निर्णय गरेको छु।’

उक्त क्षेत्रमा सत्ता गठबन्धनबाट जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लड्ने चर्चा छ । सत्तागठबन्धनबाट यादव साझा उम्मेदवार बन्ने तयारीमा छन्। त्यसका कारण माओवादी केन्द्रले यादवलाई नै समर्थन गर्ने निश्चित प्राय भइसकेको अवस्थामा माओवादीबाट टिकट नपाउने भएपछि कुशवाहा जनमत पार्टीमा बुुधबार प्रवेश गरेका हुन् ।

 

 

Related posts

लामखुट्टे नियन्त्रणका लागि वीरगन्ज महानगरका ३२ वटै वडामा विषादी छर्कन सुरु

MadhesKhabar

आज छठ पर्व हर्षोल्लाशका साथ मनाइदै

MadhesKhabar

शिक्षक आन्दोलनले प्रभावित विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न पर्साका सबै पालिका प्रमुखहरु एकमत

MadhesKhabar

Leave a Comment