Madhes Khabar
राजनीति हेडलाइन

बारा २ मा उपेन्द्रलाई टक्कर दिन शीवचन्द्र जनमतमा प्रवेश

काठमाडौं,१५ चैत : नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

कुशवाहले पार्टीभित्र आफूलाई वास्ता नगरिएकाले जनमत पार्टीमा प्रवेश गरेको बताए ।गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुशवाहा बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवारी दिएका थिए । उनी जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले मात्रै पराजित भएका थिए ।

यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त बारा २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । जनमत पार्टीमा प्रवेश गरेसँगै कुशवाहाले बारा क्षेत्र नम्बर २ बाट उपनिर्वाचन लड्ने बताए ।

‘उपेन्द्र यादव सप्तरीमा ठूलो मतान्तरले पराजित हुनुभयो सीके राउतसँग । उपेन्द्र यादवमा सत्तामोह देखियो । बारा २ का जनताको भावना विपरीत पदलोलुप सत्ताबिना बाँच्नै नहुने व्यवहार उपेन्द्र यादवमा देखिएको छ,’ पत्रकार सम्मेलनमा कुशवाहाले भने, ‘उपेन्द्र यादवलाई पराजित गर्नका निम्ती बारा २ बाट उम्मेदवारी दिने निर्णय गरेको छु।’

उक्त क्षेत्रमा सत्ता गठबन्धनबाट जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लड्ने चर्चा छ । सत्तागठबन्धनबाट यादव साझा उम्मेदवार बन्ने तयारीमा छन्। त्यसका कारण माओवादी केन्द्रले यादवलाई नै समर्थन गर्ने निश्चित प्राय भइसकेको अवस्थामा माओवादीबाट टिकट नपाउने भएपछि कुशवाहा जनमत पार्टीमा बुुधबार प्रवेश गरेका हुन् ।

 

 

Related posts

वीरगन्जमा आज दलहरुले मशाल जुलुश निकाल्दै

MadhesKhabar

राष्ट्रिय खेलकुद प्रतियोगितामा पर्साको किर्तिमानी सफलता ,कुश्ती खेलाडीले जिते ३ स्वर्ण सहित १० पदक

MadhesKhabar

पर्सामा उपेन्द्र यादवको जसपा नेपाललाई झट्का,सबै भातृ संगठन नवगठित जसपामा समाहित

MadhesKhabar

Leave a Comment