Madhes Khabar
मधेस प्रदेश

धनुषामा २ वटा ट्रक एकआपसमा ठोक्किंदा ३ जनाको मृत्यु

धनुषा,११चैत : धनुषामा २ वटा ट्रक एकापसमा ठोक्किंदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाईते भएका छन् ।

शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १. ०१–००१ख. ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर ना.६ ख ६५७८ नम्बरको ट्रकमा सवार २ जना र प्रदेश १. ०१-००१ख. ९२९२ नम्बरको ट्रकमा सवार एकजना गरी ३ जनाको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार प्रदेश १. ०१-००१ख. ९२९२ नम्बरको ट्रकमा सवार अर्का एकजनालाई घाइते अवस्थामा उद्धार गरिएको हो । उनीहरुको पहिचान खुल्न नसकेको प्रहरी नायव उपरीक्षक गौतमले बताए ।

घाइतेको ढल्केवर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

पानी वितरणका लागि मुख्यमन्त्री सिंहले ८ वटा वारुणयन्त्रसहितकाे टाेली वीरगन्जमा पठाए

MadhesKhabar

राष्ट्रपतिको कदम विरुद्ध सिके राउतको पार्टी पनि आन्दोलनमा

MadhesKhabar

विद्यालय जाँदैनन् मधेसका ३ लाखभन्दा बढी बालबालिका

MadhesKhabar

Leave a Comment