Madhes Khabar
कृषि

किसानहरुद्वारा कलैया उपमहानगरपालिका कार्यालय घेराउ

बारा,७चैत : बाराका किसानहरुले मंगलबार कलैया उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। करिब एक सयको संख्यामा रहेका किसानहरुले मंगलबार बिहान ११ बजेदेखि उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

कलैया बजारमा तरकारी बेच्नका लागि सेड उपलब्ध गराउन र उपमहानगरपालिकाले जफत गरेको तरकारीको क्षतिपूर्तिको माग गर्दै किसानहरुले मंगलबार उपमहानगरपालिका कार्यालय घेराउ गरेका हुन्।

कलैया बजारमा किसानले बेच्न ल्याएका तरकारी उपमहानगरपालिकाको नगर प्रहरीले जफत गर्ने गरेको छ । जफत गरिएका तरकारी सडेर बिग्रिने गरेको छ । सेड नपाएर आफूहरुले कलैया बजारमा बेच्न राखेको हरियो सागसब्जी र तरकारी नगर प्रहरीले नियन्त्रणमा लिएर उपमहानगरमा राख्दा कुहिएकाले उचित क्षतिपूर्ति दिनु पर्ने कलैया उपमहानगरपालिका–८ का किसान रोहित चौरसियाले बताए ।

नगर प्रहरीले गएको चैत ३ गते करिब ५० जनाभन्दा बढी किसानको तरकारी नियन्त्रणमा लिएको थियो । कलैयाको खप्परताता, विश्वम्भरपुर, शीतलपुर, बरेवा लगायत गाउँका किसानहरूले मंगलबार उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।

 

Related posts

वीरगन्ज चिनी मिल चलाउन बजेट माग

MadhesKhabar

सरकारसंग ७३ हजार मेट्रिक टन मल माैज्दात, तर किसानले पाएनन्

MadhesKhabar

वीरगन्ज कृषि औजार कारखानामा नेपालमै पहिलो पटक दुई वटा नयाँ मेशिनको आविष्कार

MadhesKhabar

Leave a Comment