Madhes Khabar
समाज

भ्यालेन्टाइन डे कै दिन वीरगन्जमा दुई जना सडक मानवको उद्धार

वीरगन्ज,३फागुन : वीरगन्जमा खुल्ला आकाशमुनि कष्टकर जीवन विताइरहेका दुई जनाको उद्धार गरिएको छ । मानव सेवा आश्रम वीरगञ्ज शाखाले भ्यालेन्टाइन डे कै अवसर पारेर रात्री गस्ती गरी उनीहरुको उद्धार गरेको हो ।

टोलीले मंगलबार राति घण्टाघर, पावरहाउस चोक, गण्डक हुँदै पुरानो बाइपास सडकबाट बसपार्क, भन्सार क्षेत्र, शंकराचार्य द्वार, आदर्शनगर क्षेत्रमा गस्ती गरेको गरेको थियो ।
मंगलबारराति वीरगन्ज भन्सार नजिकै अलपत्र रहेका एकजना वृद्ध र आर्दशनगरस्थित दियालो लड्स प्लाजा होटल नजिकै नाला भएको गल्लीमा रात बिताउँदै गरेका अर्का एक युवकलाई उद्धार गरिएको आश्रम पर्सा जिल्ला संयोजक सानु गुरुङले जानकारी दिइन् ।

खुल्ला आकाशमुनि कसैले पनि रात बिताउन नपरोस भनेर अलपत्र व्यक्तिको खोजीकार्यमा टोली हिँडेको थियो । सामाजिक अभियन्ता एवं आश्रमका अभिभावक प्रकाश थारुले रात्री सडक सेवा नियमित हुने गरे पनि प्रणय दिवसलाई फरक तरिकाले मनाउने उद्देश्यले वीरगन्जभरी विशेष गस्ती गरेको बताए ।

‘कसैले रुख त कसैले फुल रोपेर, कसैले फुल दिएर, कसैले माया प्रेम साटेर भ्यालेन्टाइन डे मनाउँछन्’, उनले भने, ‘हामीले प्रत्येक वर्ष रात्री गस्ती गरेर नै भ्यालेन्टाइन डे मनाउने गरेका छौं । खुल्ला आकाशमुनी कसैले कष्टकर जीवन बिताउन नपरोस भन्ने उद्देश्य हाम्रो हो । गस्तीका क्रममा अलपत्र अवस्थामा कसैलाई भेटेको खण्डमा उद्धार गरेर आश्रम लैजाने गरेका छौं ।’

राति नै वडा प्रहरी कार्यालय श्रीपुरको गाडीमा राखेर उनीहरुलाई वीरगन्ज–२५ सिर्सिया छोटी भन्सार स्थित आश्रम शाखा कार्यालयमा लगेर राखिएको छ । मानव सेवा आश्रम वीरगन्ज शाखामा हाल १ जना बालक, ३ जना बालिका, ६ जना पुरुष सहित ५२ जना आश्रित छन् ।साभारः अनलाइनखबर

Related posts

वीरगन्ज पिपराका युवा पटेलद्धारा मानव सेवा आश्रमलाइ नगद ५० हजार सहयोग

MadhesKhabar

बारा प्रहरीको खुलाशा : ३४ वटा टियर गयाँस हानियो तर एउटाले पनि काम नगर्दा धेरै प्रहरी घाइते भए

MadhesKhabar

घडिअर्वामा युवा नेता गुप्ताले ट्यांकरबाट घरघरमा बाँडे पानी

MadhesKhabar

Leave a Comment