Madhes Khabar
स्थानिय

पटेर्वा सुगौली गाउँपालिकामा भूमि सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

मधेसखबर
वीरगन्ज,२५माघः  पर्साको पटेर्वा सुगौली गाउँपालिकामा बुधबार राष्ट्रिय भूमी आयोगको आयोजनामा भूमि सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी पालिकाका जनप्रतिनिधीहरुलाइ भूमिहिन, सुकुम्बासी, दलित एंव अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका विज्ञ सदस्य हिमाल चन्द गौतमले प्रशिक्षण दिएका थिए ।
पटेर्वा सुगौली गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा कार्यक्रममा पालिकाका सबै वडामा रहेका भूमिहिन, सुकुम्बासी, दलित एंव अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराउने विषयमा आगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा पनि छलफल भएको आयोगका अध्यक्ष अहमदले जानकारी दिए ।

कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव , वडा नम्बर २ का वडा अध्यक्ष विजय गैरे , अन्य वडाका वडा अध्यक्ष , गाँउकार्यपालिका सदस्य , सहजीकरण समितिका सदस्य आयोगका सदस्य सुरेन्द्र सिंह लगायतको पनि सहभागिता थियो ।

Related posts

पर्सामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट १ करोड ५० लाख बढी राजश्व संकलन

MadhesKhabar

वीरगन्जमा तिब्र गतिमा चलाइएका दुई मोटरसाइकल आपसमा ठोक्किदा एक युवकको मृत्यु

MadhesKhabar

वीरगन्जका ३ वटा वडामा वर्षौँदेखिको डुबान समस्या समाधान हुदाँ स्थानीबासी खुशी

MadhesKhabar

Leave a Comment