Madhes Khabar
कृषि

सडकमा तरकारी फालेर किसान आन्दोलित

चितवन,२०माघ : बिक्री नभएपछि चितवनका किसानले सडकमा तरकारी फालेका छन् । उत्पादनले बजार नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका हुन्।

नारायणघाटको पुल्चोकमा तरकारी फालेर उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । बारीमै कुहिने अवस्थामा पुग्दा पनि बजारीकरणको लागि सरकारले कुनै पहल नगरेको उनीहरूको आरोप छ।

भारतीय उत्पादनका आफूहरू मार परेको उनीहरूले गुनासो गरे । भरतपुर महानगर १६ कि किसान धनु् अधिकारीले भारतको तरकारी भित्र्याएर सरकारले आफूमाथि अन्याय गरेको आरोप लगाइन । आफूहरूको समस्यामा सरकार मुकदर्शक भएको बताउँदै तराकारी फालेर विरोध गरेको बताइन् ।

पुल्चोकमा गोलभेडा,काउली,बन्दा ,फर्सी ,सिमी ,गाँजरलगायत तरकारी फालेर विरोध गरेका थिए । सडकमा तरकारी फालेपछि केहीबेर सडक अवरुद्ध भएको थियो । साभारः अन्नपूर्ण पोष्ट

Related posts

कर्मचारी अभावले कृषि ज्ञान केन्द्र पर्साको सेवा प्रभावित

MadhesKhabar

वीरगन्ज महानगरलाई सूर्य नेपालद्वारा चल्ला उत्पादन गर्ने ५ थान ह्याचरी मेसिन प्रदान

MadhesKhabar

सरकारले बजेट निकासा नगर्दा वीरगन्ज कृषि औजार कारखाना सञ्चालन प्रक्रिया फेरि अन्यौलमा

MadhesKhabar

Leave a Comment