Madhes Khabar
राष्ट्रिय

क्रसर उद्योगहरु खाेल्न दिने सरकारकाे निर्णय

फाइल फाेटाे

काठमाडौं ,११ माघ : सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । यसअघि गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो ।

तर अब मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका क्रसर उद्योगहरु चल्न दिने निर्णय भएको हो । गृहमन्त्री रबि लामिछानेका प्रेस संयोजक नवराज पाण्डेका अनुसार असारसम्म पनि मापदण्ड पुरा नभएका उद्योग पुनः बन्द गरिनेछ ।

विना अनुमतिपत्र चलिरहेको सबै क्रसर उद्योग बन्द रहने उनले बताए । आयोजना विशेषका लागि खुलेका तर, आयोजना सम्पन्न भएपछि पनि चलिरहेका क्रसर उद्योगहरु पनि अब बन्द हुनेछन् ।

क्रसर उद्योग बन्द भएपछि विकास निर्माणाका आयोजनाहरुमा काम प्रभावित भएको थियो । निर्माण व्यवसायीले काम छाडेपछि सरकारमाथि क्रसर खोल्न दबाब परेको थियो ।
यसअघि पनि सरकारले झ्याप्पै क्रसर बन्द गर्ने र अपरादर्शी रुपमा खोल्ने गर्दै आएको थियो ।साभार:अनलाइनखबर

Related posts

सरकार र मिटरब्याज पीडितबीच पाँच बुँदे सहमति

MadhesKhabar

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, भोलि शोक विदा

MadhesKhabar

सुशासन र समृद्धिकाे संकल्प लिएर सरकारले काम गरिरहेको छ: गृहमन्त्री श्रेष्ठ

MadhesKhabar

Leave a Comment