Madhes Khabar
अर्थतन्‍त्र

चालू पुँजी कर्जा मार्गदर्शन खारेजीको माग गर्दै सिमरामा प्रदर्शन

वीरगन्ज ,२६ मंसिर :नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शन २०७९ खारेज गर्नुपर्ने माग राख्दै बाराको सिमरामा सोमबार उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका छन्।

उद्योगी तथा व्यवसायीआवद्ध संघसंस्थाले मार्गदर्शन खारेजीको मागसहित कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेका हुन्।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ, जीतपुरसिमरा चेम्बर अफ कमर्स, होटल तथा पर्यटन व्यवसायी संघ बारा, यातायात व्यवसायी संघ, ढुवानी व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, निर्माण व्यवसायी संघ, बारा जग्गा तथा आवास विकास संघलगायत बस्तुगत संघसंस्थाले व्यवसायिक वातावरण नबनेको भन्दै मार्गदर्शन खारेजीको माग गरेका हुन्।

व्यवसायीले ‘करदाताको रक्षा गर’, ‘गरिखान देऊ’ लगायतको प्लेकार्डसहित सिमरा बजारमा प्रदर्शन गरेका हुन्। व्यवसायीले कर्जा ब्याजदर घटाउन समेत माग गरेका छन्। विरोध प्रदर्शनमा जीतपुरसिमराका सयौं व्यवसायी सहभागी रहेका थिए।

राष्ट्र बैंकले कार्तिक १ गतेदेखि लागु हुनेगरी चालु पुँजी कर्जा मार्गदर्शन २०७९ जारी गरेको थियो। उक्त मार्गदर्शनले बैंक तथा वित्तीय संस्थालाई चालुपुँजी कर्जामा नयाँ व्यवस्था लागु गरेको छ।

उद्योगी व्यवसायीले भने उक्त व्यवस्थाका कारण व्यापार व्यवसाय झन धरासायी बन्ने र मुलुकको अर्थतन्त्र गम्भीर स्थितिमा पुग्ने बताउँदै आएका छन्।

मुलुकको अर्थतन्त्र उकास्न र उद्योग तथा व्यवसाय धरासायी हुन नदिन मार्गदर्शन तत्कालका लागि भएपनि खारेज गर्नुपर्ने माग राखेका छन्।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

सरकारले फेरि बढायाे पेट्रोल र डिजेलकाे मूल्य

MadhesKhabar

पिडित जग्गाधनीहरुले धर्ना स्थगीत गरेपछि वीरगन्ज ड्राइपोर्टको कामकाज सुचारु

MadhesKhabar

बारामा २६ लाख मुल्यकाे अलैंची बरामद

MadhesKhabar

Leave a Comment