Madhes Khabar
राजनीति

मधेसका लागि सडक देखि सदन सम्म लड्ने प्रदीप यादलाई जिताउन महिला नेतृहरुको आह्वान

मधेसखबर
वीरगन्ज,१८ कार्तिक : पर्सा क्षेत्र नम्वर १ मा जसपा–एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवको पक्षमा मतदान गर्न आह्वान गर्दै महिला नेतृहरुको समूहले थालेको घरदैलो अभियान शुक्रबार पनि जारी छ ।

समाजवादी महिला संघ मधेस प्रदेशकी उपाध्यक्ष पिंकी यादवको अगुवाइमा शुक्रबार वीरगन्ज महानगरपालिका वडा नम्वर १४ मा घरदैलो गर्दै महिला नेतृ र कार्यकर्ताहरुले मतदातालाई भेटेर जनताकै माझमा रहेर हरेक सुखसुखमा साथ दिने प्रदीप यादवलाई मतदान गर्न आग्रह गरे ।

क्षेत्रको विकासका काममा निरन्तर लागिपर्ने नेता प्रदीप यादव मात्रै रहेकाले आफ्नो ठाउँलाई समुन्नत बनाउन फेरि पनि उनलाई नै जिताउनु पर्ने भन्दै उनिहरुले मतदातालाई अनुरोध गरे ।

नागरिकताको सवालमा प्रदीप यादवले सदन र सडकमा निरन्तर आवाज उठाउँदै आएको र न्यायालयमा पनि मुद्धा लडेको स्मरण गराउँदै महिला नेतृहरुले त्यसलाई निर्णायक चरणमा पुर्याउन पनि यसपालि प्रदीप यादवलाई जिताउनु पर्नेमा उनीहरुको जोड थियो ।
घरदैलो कार्यक्रममा जसपा नेतृहरु अन्नपूर्णा मानन्धर, पिंकी सिंह, प्रेरणा श्रेष्ठलगायतको सहभागीता थियो ।

Related posts

वीरगन्जमा किसान महासंघको मधेस अधिवेशन सम्पन्न : अध्यक्षमा चाैधरी चयन

MadhesKhabar

प्रेस सेन्टर पर्साकाे अध्यक्षमा शीवनाथ यादव सर्वसम्मत चयन

MadhesKhabar

ठोरी गापा बोर्ड बैठकको पहिलो निर्णय -क्यान्सर, मृगौला र मुट रोगीलाई १५ हजार दिने

MadhesKhabar

Leave a Comment