Madhes Khabar
समाचार

सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

मधेसखबर
वीरगन्ज,०५ कार्तिक : कपिलवस्तुमा सशस्त्र प्रहरीहरु सवार ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । तीन जना घाइते पनि भएका छन् ।

चारनम्बर जितपुरबाट शुक्रबार राति तौलिहवा तर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४ न. ट्रक बाणगंगा नगरपालिका वडा नं. ३ सिउटीमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा सशस्त्र प्रहरी हबल्दार रमेश चौधरी, सहायक हबल्दार रमेश चौधरी, जवान जनक चौधरी र साइकल यात्री बाणगंगा नगरपालिका–३ का २६ वर्षीय अमर संग्रामी मगरको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता मिन बहादुर घलेले जानकारी दिए ।

घाइते भएका सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी, वरिष्ठ हबल्दार कुलबहादुर घर्ती र जवान प्रेम मल्लको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरू तीन जनाकै अवस्था चिन्ताजनक रहेको छ ।

 

Related posts

मकवानपुरमा गाडी दुर्घटना हुदा चार जनाको मृत्यु

MadhesKhabar

वीरगन्जमा टाँगिएका चुनावी पोष्टर र ब्यानर तत्काल हटाउन निर्देशन

MadhesKhabar

खानेपानीमन्त्री यादवकाे निर्देशनमा विच्छ्याइएका नयाँ पाइपलाइनको अन्तिम परीक्षण सम्पन्न

MadhesKhabar

Leave a Comment