Madhes Khabar
समाज

बारामा २७ सय पिस लागुऔषध सहित भारतीय युवक पक्राउ

मधेसखबर
वीरगन्ज,२४ असोज : भरतसंग सीमा जोडिएको बाराको एक गाँउबाट प्रहरीले ठूलो परिमाणमा लागु औषध सहित एक भारतीयलाइ पक्राउ गरेको छ ।

बराको सिम्रौनगढ नगगरपालिका वडा नम्बर २ महुवाही गाँउबाट प्रहरीले २७ सय पिस लागु औषध सहित भारत बिहारको पूर्वी चम्पारण जिल्लाको अगरवा गाँउका २८ बर्षिय मोहन प्रसाद यादवलाइ पक्राउ गरेको हो ।बीआर ०६ यु ४०३७ नम्बरको मोटरसाइकलमा सवार भइ भारतबाट नेपाल प्रवेश गरेका यादवलाइ इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले महुवाही गाँउबाट पक्राउ गरेको हो ।

यादव सवार मोटरसाइकल रोकेर चेकजाँच गर्दा मोटरसाइकलको पछाडी पट्टी सिटमा रहेको प्लाष्टिकको बोरा भित्रबाट डाईजेपाम ईन्जेक्सन ९०० पिस, फेनारगन–९०० पिस र नुर्फिन ९०० पिस गरी प्रतिबन्धित लागु औषध ईन्जेक्सन २७ सय पिस बरामद भएको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।लागु औषध सहित पक्राउ परेका यादवलाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको उनले बताए ।

 

Related posts

सखुवा प्रसौनीको श्रीपुरमा ४४५ जनाको आँखा परीक्षण गर्दा १५८ जनामा मोतियाबिन्दु

MadhesKhabar

रानीघाटमा दुर्गा पूजा समितिले आयाेजना गरेकाे कार्यक्रममा ७९ जनाले गरे रक्तदान

MadhesKhabar

वीरगन्जको रानीघाटमा २१ औं पटक आयोजित रक्तदान कार्यक्रममा ४६ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment