Madhes Khabar
शिक्षा

बाल दिवसको अवसरमा पोखरीयामा आयोजित वक्तृत्वकला प्रतियोगितामा आरफा खातुन प्रथम

मधेसखबर
वीरगन्ज,२९ भदौं:पर्साको पोखरीया नगरपालीकामा बाल दिवसको अवसरमा बुधबार वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

पाोखरीया नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा नगगरपालिका भित्र रहेका ६ वटा सामुदायिक विधालयहरुले भाग लिएका थिए ।प्रतियोगितामा नेपाल राष्ट्रिय आधारभुत विधालय सतवरियाकी छात्रा आरफा खातुन प्रथम भएकी छिन् । यस्तै नेपाल राष्ट्रिय आधारभुत विधालय जगतपुरका छात्र देवशंकर साह गोढ द्वितीय र नेपाल राष्ट्रिय आधारभुत विधालय सतवरीयाकी छात्रा निशा कुमारी राम तृतीय भएकी छिन् ।

पोखरीया नगरपालिकाकी उमेयर रुवी कुमारी ठाकुरको अध्यक्षता तथा मेयर प्रधुमन प्रसाद चौहानको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा नगरपालिकाका शिक्षा शाखा प्रमुख बिजय कुमार झा, प्रधानाध्यापक लालबाबु प्रसाद चौहान , पारस ठाकुर ,चित्रलेखा देवी , लक्ष्मण खवास , उषा मिश्रा , दिपक ठाकुर लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

एसईईको दोस्रो दिन आज बारामा १ हजार ५२४ जना परीक्षार्थी अनुपस्थित

MadhesKhabar

ठाकुरराममा स्ववियुले आर्थिक हिनामिनाबारे सोधीखोजी गरेपछि क्याम्पस प्रमुख १ महिनादेखि गायब

MadhesKhabar

बिपिसीमा ह्याकफेस्ट सम्पन्न

MadhesKhabar

Leave a Comment