Madhes Khabar
खेलकुद

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अलमुताइरीले राजीनामा दिए

मधेसखबर
वीरगन्ज,२६ भदौं : नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर अलमुताइरीले आफूले कार्यकाल सम्हालेको ५ सय २५ दिनपछि आइतबार राजीनामा दिएको घोषणा गरेका हुन् । उनले आफ्नो कार्यकालमा खुसी, माया, दुःख र पीडा सबै प्राप्त गरेको पनि जनाएका छन् ।

कहिले एन्फा त कहिले खेलाडीसँगको विवादका कारण पछिल्लो समय उनी नेपालमा थिएनन् । अलमुताइरीको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनलमा पुगेको थियो ।

Related posts

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

महिला टी–२० मा नेपालको लज्जास्पद हार

MadhesKhabar

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

Leave a Comment