Madhes Khabar
राजनीति

उम्मेदवारमा सिफारिस भएपछि डा.गुप्ताको राजनीतिक सकृयता बढ्याे

मधेसखबर
वीरगन्ज ,२३ भदौं : आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि संघीय सांसदकाे उम्म्दवारमा सिफारिस भएपछि डाक्टर मधु गुप्ताले राजनीतिक सकृयता बढाएकी छन् ।

जसपा पर्साले पर्सा क्षेत्र नम्बर ३ काे संघीय सांसदकाे उम्मेदवारमा प्रत्यक्ष तर्फ डाक्टर गुप्ता र भरत गिरिकाे नाम सिफारिस गरेकाे छ । डाक्टर गुप्ता , वर्तमान सांसद हरिनारायण राैनियारकी छाेरी हुन् ।

यसअघि राजनीतिक गतिविधिमा खासै सकृय नद्खिएकि डाक्टर गुप्ता , अहिले पार्टीले उम्मेदवारमा सिफारिस गरेसंगै भने राजनीतिक कार्यक्रममा देखिन थालेकी हुन् ।यसै क्रममा बुधार वीरगन्जकाे हाेटल भिस्वामा आयाेजित जसपा पर्साकाे अगुवा कार्यकर्ता भेलामा र बिहीबार मधेस विश्वविद्यालयकाे कार्यालय उद्घाटन कार्यक्रममा डाक्टर गुप्ता सहभागी भएकाे देखियाे ।

बुधबारकाे अगुवा कार्यकर्ता भेलामा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसंग भेटेर उनले राजनीतिक भेटवार्ता गर्दै आसन्न निर्वाचन बारे छलफल पनि गरिन्। डा.गुप्ताले पर्सामा जसपालाई अझ बलियो बनाउन कुन कुन कुरामा ध्यान दिनुपर्ने जिज्ञासा राष्ट्रिय अध्यक्ष यादव सम्झ राखेकाे र जवाफमा राष्ट्रिय अध्यक्ष यादवले पर्साका जनताका स–साना समस्यालाई निर्मुल गर्दै जाने हो भने यहा पार्टी अझ सशक्त हुने सुझाव दिएकाे बताइएको छ ।

डाक्टर गुप्ताले आफनाे पृष्ठभूमि राजनीति नभएपनि शिक्षित र सचेत नमगरिक भएकाले यहाका जनताकाे दुख र पिडासंग आफू निक्कै जानकार रहेकाे बताएकी छन् । उनले राजनीतिमा पढेलेखेका शिक्षित र सचेत युवाकाे प्रवेश र सकृयता अपरिहार्य भईसकेकाे ठानेर आफू पनि अब राजनीतिमा सकृय भएकाे बताएकी छन् ।

Related posts

पर्सामा जसपा–एमाले गठबन्धन जिताउन संयुक्त महिला परिचालन समिति गठन

MadhesKhabar

पर्सा–२ मा पूर्वसांसद अमरेस सिंहको आगमन हुदाँ कांग्रेस–कम्युनिष्टका ५०० बढी युवा रास्वपमा प्रवेश

MadhesKhabar

पर्सामा प्रधानमन्त्री ओलीको गर्जन: मधेसको विकासको गति अगाडि बढिसक्यो,अब कसैले रोक्न सक्दैन

MadhesKhabar

Leave a Comment