Madhes Khabar
समाचार

महिलालाइ यौन दुर्व्यवहार गरेको आरोपमा रेडक्रसकर्मी पक्राउ

सांकेतिक फोटो

प्रमोद यादव
पर्सा ,०६ भदौं : पर्सामा महिलालाइ यौन दुर्व्यवाहार गरेको आरोपमा एक जना रेडक्रसकर्मी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेपाल रेडक्रस सोसाइटी पर्सागढी नगरपालिका उपशाखाका सभापति ४० वर्षिय महम्मद चुकुलाह रहेका छन् ।

पर्सागढी नगरपालिका वडा नम्बर ३ बढनियार निवासी चुकुलाहले स्थानीय महिलालाई जिस्काउने तथा यौन दुव्र्यवहार गरेको आरोपमा उनलाइ प्रहरीले पक्राउ गरेको हो ।

चुुकुलाह विरुद्ध उजुरी परेपछि उनलनइ आइतबार बेलुकी ६ बजे उनकै घरबाट प्रहरी चौकी बढनियारले पक्राउ गरेको हो । पक्राउ परेका चुकुलाहलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related posts

भारतबाट चाँदीको गरगहना तस्करी गर्ने एक महिला वीरगन्जमा पक्राउ

MadhesKhabar

चुनावका बेला बारामा हतियार सहित एक युवक पक्राउ

MadhesKhabar

वीरगन्जसहितका क्यासिनोमा कडा निगरानी राख्न र नेपालीको प्रवेश राेक्न सरकारकाे निर्देशन

MadhesKhabar

Leave a Comment