Madhes Khabar
कृषि

मधेसलाइ सुख्खाग्रस्त क्षेत्र घोषणा गरि किसानलाइ राहतको प्याकेज दिन जसपाको माग

माधुरी महत्तो
वीरगन्ज, १२ साउन : जनता समाजवादी पार्टी (जसपा) पर्साले मधेस प्रदेशलाइ सुख्खाग्रस्त क्षेत्र घोषणा गरि किसानलाइ विशेष राहत प्याकेज उपलब्ध गराउन संघीय सरकारसंग माग गरेको छ ।

जसपा पर्साका नेताहरुले बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानममन्त्री शेर बहादुर देउवालाइ किसान सम्बद्ध ७ सुत्रीय माग सहितको ज्ञापनपत्र बुझाएको हुन् ।

जसपाले बुझाएको ज्ञापनपत्रमा मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई विशेष राहत प्याकेजको व्यवस्था गर्नु पर्ने , किसानलाइ समयमै प्रयाप्त मलखाद्यको व्यवस्था गर्नु पर्ने , किसानले बैंकवाट लिएको ऋणको व्याज मिनाहा गर्नु पर्ने , सिचाईको लागि डिप बोरींग लयायत अन्य वैकल्पिक व्यवस्था गर्नु पर्ने उल्लेख छ ।

यस्तै सिचाईको लागि किसानलाई सहुलियत स्वरुप डिजलको व्यवस्था गर्नु पर्ने , किसानको सुविधाको लागि कृषि विद्युतीकरणको व्यवस्था गर्नु पर्ने र कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निःशुल्क गर्नु पर्ने माग पनि जसपाले सरकारसंग गरेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।

ज्ञापनपत्र बुझदै पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले किसानका समस्याका बारेमा जसपाले राखेका माग प्रधानमन्त्री कार्याालयमा पठाइ दिने आश्वासन दिएको अहमदले बताए ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव , जसपाका नेताहरु महाराज यादव, मुकेश द्धिवेदी , गौरीशंकर साह , धोबिनी गाँउपालिकाका अध्यक्ष मदन चौहान, सखुवा प्रसौनी गाँउपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल लगायतको सहभागीता थियो ।

Related posts

सरकारले तत्काल धान खरिदकाे प्रक्रिया नथाले आन्दोलन गर्ने किसानहरुकाे चेतावनी

MadhesKhabar

पर्सामा २० वर्ष यता धानको उत्पादन बढ्दा हरित ग्याँस उत्सर्जनले समस्या थपिदैै

MadhesKhabar

बीमा रकम नपाएपछि बाराका किसानहरु आन्दोलित

MadhesKhabar

Leave a Comment