Madhes Khabar
राष्ट्रिय

नागरिकता विधेयक बारे गृहमन्त्री खाँण र माओवादी अध्यक्ष प्रचण्ड बिच छलफल

मधेसखबर
वीरगन्ज,२७असार : गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक बारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

सोमबार बिहान दाहाल निवास खुमलटारमा भएको भेटमा गृहमन्त्री खाँणले संसदमा पेस गरेको नागरिकता विधेयक बारे छलफल गरेको र छलफल सकारात्मक भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।

सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो ।

सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ । सोही विधेयकमा सहमति जुटाउनका लागिसरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने क्रममा आज माओवादी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेको मन्त्री खाणको सचिवालयले जनाएको छ ।

आइतबार साँझ गृहमन्त्री खाणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग उनकै निवास बालुवाटारमा भेटघाट गरेका थिए ।

 

नागरिकता सम्बन्धी नयाँ विधेयकले अहिले देखिएको नागरिकतासम्बन्धी समस्यालाई सम्बोधन गर्ने सरकारको विश्वास छ । विधेयक पास भएमा नागरिकता नपाएका लाखौं युवालाई नागरिकता प्रदान गर्न विधेयकले सहयोग पु¥याउने अपेक्षा सरकारको छ ।

नेपालको संविधान २०७२ ले गैरआवासीय नेपाली नागरिकलाई पनि राजनीतिक र प्रशासनिक बाहेकका सामाजिक, आर्थिक र साँस्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ । यो विधेयकमा सरकारले गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिकता दिने भन्ने संवैधानिक प्रावधानलाई सम्वोधन गर्ने गृहमन्त्री खाणको सचिवालयले जनाएको छ

Related posts

दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गरीँदै

MadhesKhabar

नेपालमा गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन

MadhesKhabar

भदौ २४ को उपद्रवमा संलग्न २५० जनालाई गृह मन्त्रालयको निर्देशनमा प्रहरीले छोड्यो

MadhesKhabar

Leave a Comment