Madhes Khabar
खेलकुद

दक्षिण एशियाली कराते चयाम्पियनसिपमा वीरगन्जबाट भाग लिएका सबै १० खेलाडी विजयी

मधेसखबर
वीरगन्ज,१७ असार : भारतको पश्चिम बंगालमा आायोजित दक्षिण एशियाली अशीहरा कराते चयाम्पियनसिपमा सहभागी वीरगन्जका सबै खेलाडी विजयी भएका छन् ।

यहि असार ८ र ९ गते आयोजित प्रतियोगितामा पर्सा सो क्योकोसिन कराँते एशोसियसन वीरगन्जका तर्फबाट १० जना खेलाडीले भाग लिएका थिए । भाग लिएका ती सबै १० खेलाडीले मेडल जितेका हुन् ।

प्रतियोगितामा दल बहादुर घले र रूपेश पटेलले स्वर्ण पदक , युवराज पटेल,अर्जुन पटेल,आशु गिरी,मनीष कुमार बैठा र आकाश पटेलले रजत पदक ,प्रबिन्द पटेल र दीपेश प्रसाद पटेलले रजत पदक तथा र उत्कृष्ट लड़ाकूको मेडल गगनराज रजकले जितेको क्लबका अध्यक्ष एंवप्रशिक्षक असेसर पटेलले जनकारी दिए ।

भारतबाट जित हासिल गरि फर्किएका सबै खेलाडीहरुलाइ वीरगन्जको होटेल लड्रर्स दियालोमा एक कार्यक्रम गरी नबिल बैंकका वीरगन्ज शाखा प्रबन्धक नितिन नन्दवानाले सम्मानित गरेका छन् ।

Related posts

एभरेस्ट महिला भलिबल लिगमा मधेसकाे पहिचान बढाउने मधेस युनाइटेडको लक्ष्य

MadhesKhabar

वुमन्स डे कप टी–२० क्रिकेटमा हङकङसंग नेपाल पराजित

MadhesKhabar

अष्ट्रेलियाविरुद्ध भारतकाे लगातार दाेस्राे जित

MadhesKhabar

Leave a Comment