Madhes Khabar
कृषि

गण्डक नहरमा पानी नआउदा पर्सा र बारामा धान रोपाइ प्रभावित

मधेसखबर
वीरगन्ज,१४ असार : नेपाल तर्फको गण्डक नहरका दुइ स्थानमा पुल निर्माणको काम जारी रहेकाले यस वर्ष नहरमा धानबालीका लागि नियमित समय तालिका भन्दा ढिलो गरी पानी आउने भएको छ ।

निर्धारित समयमा गण्डक नहरमा पानी नआउने भएपछि नहरमा आश्रित पर्सा र बाराका किसानहरुले समयमै रोपाइँ गर्न नपाउने भएका छन् ।

भारतसँगको सम्झौता अनुसार बर्सेनि धान सिजनका लागि असार १५ र गहुँ सिजनका लागि पुस १० देखि गण्डक नहरमा पानी आइसक्नु पर्छ । तर हरेक वर्ष धान र गहु बालीको सिजनका बेला गण्डक नहरमा सम्झौता अनुसारको समयमा पानी नआउदा किसानले समस्या खेप्दै आएका छन् ।

नारायणी सिंचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकारी इन्जिनियर सुबोध कुशवाहाका अनुसार, यसपाली भने गण्डक नहर अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर २७ मा २ वटा ‘फुट ब्रिज’ निर्माणाधीन रहेको र तीन वटाको काम सम्पन्न भएकाले नहरमा नेपाल तर्फ पानी आउन ढिला हुने भएको हो ।

‘सर्वसाधारणको आवागमनमा सहजताका लागि नहरमा हाल २ वटा फुट ब्रिज निर्माणाधीन छन्, तिनको काम सक्न अझै करिब एक साता लाग्ने अनुमान छ,’ उनले भने, ‘असार २० देखि मात्र गण्डक नहरमा पानी आउने सम्भावना छ ।’

भारतीय पक्षले नहरको ‘जिरो आरडी’ सम्म पानी दिइसके पनि नेपाली भूिममै नहरमा निर्माण कार्य भई रहेकाले नहरमा पानी प्रवाह गर्न समस्या भएको उनले बताए । ‘जिरो आरडीमा हाल भारतले करिब ४ सय क्युसेक पानी दिइसकेको छ,’ उनले भने, ‘हाम्रो निर्माण कार्य सम्पन्न भइनसकेकाले नहरमा नेपालतर्फ पानी ल्याउन नसकिएको हो ।’  साभार : कान्तिपुर

 

Related posts

जंगली जनावरबाट बाली जोगाउन पर्साका किसानहरु रातभर जाग्राम बस्न बाध्य

MadhesKhabar

तोरी खेतीले पंहेलपुर ठोरी : यसपालि २४ करोडको ताेरी उत्पादन हुने अनुमान

MadhesKhabar

बाराकाे प्रस्टाेकामा जडित डिप बाेरिङकाे पुर्वमन्त्री साेनलले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment