Madhes Khabar
कृषि

बारा पर्सामा लगाइएको उखु बालीमा लाल सडन रोग लागेपछि किसानहरु चिन्तित्

मधेसखबर
वीरगन्ज,०१असार : बारा र पर्सा जिल्लामा किसानहरुले लगाएको उखु खेतिमा रेड रोट (लाल सडन ) रोगको प्रकोप देखिएको छ ।

बाराको श्रीपुर मननहर्वा स्थित रिलायन्स सुगर एन्ड केमिकल ईन्डस्ट्रिज प्रालिका महाप्रबन्धक अरुण श्रीवास्तवका अनुसार भेराइटी जातको उखुमा यो रोगको प्रकोप धेरै देखिएको हो । उखुमा रेड रोट लोगको प्रकोप फैलिएपछि पर्सा बाराका किसानहरु चिन्तित् भएका छन् ।

कृषि प्राविधीकका अनुसार , उखुको भित्र रातो हुने रोग नै रेड रोट हो । भेराइटी उखुको लागि रेड रोट रोक क्यान्सर जस्तै खतरनाक हुन्छ ।श्रीवास्तले भने ,‘ ‘उखुको तेश्रो र चैथो पातमा पहेंलो भएको छ भने त्यसमा रेड रोट लागेको हुन्छ,‘समयमै उपचार गरिएन भने सारा खेतमा फैलेर सबै बाली नै नस्ट गर्न सक्ने खतरा हुन्छ ।

रेड रोट रोगबाट उखु जोगाउनका लागि आफूहरुले यसको उपचारका लागि प्रयोग हुने रोको नामक पाउडर औषधि उधारोमा नै किसानलाई वितरण गरिरहेको रिलायन्स चिनी मिलका उखु व्यवस्थापक अतुल मिश्रले जानकारी दिए ।

Related posts

गण्डक नहरमा पानी नआउदा पर्सा र बारामा धान रोपाइ प्रभावित

MadhesKhabar

मधेसलाइ सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सरकारसंग माग

MadhesKhabar

लालबन्दीबाट मात्रै एक महिनामै १९ करोडको तरकारी निकासी

MadhesKhabar

Leave a Comment