Madhes Khabar
कृषि

बारा पर्सामा लगाइएको उखु बालीमा लाल सडन रोग लागेपछि किसानहरु चिन्तित्

मधेसखबर
वीरगन्ज,०१असार : बारा र पर्सा जिल्लामा किसानहरुले लगाएको उखु खेतिमा रेड रोट (लाल सडन ) रोगको प्रकोप देखिएको छ ।

बाराको श्रीपुर मननहर्वा स्थित रिलायन्स सुगर एन्ड केमिकल ईन्डस्ट्रिज प्रालिका महाप्रबन्धक अरुण श्रीवास्तवका अनुसार भेराइटी जातको उखुमा यो रोगको प्रकोप धेरै देखिएको हो । उखुमा रेड रोट लोगको प्रकोप फैलिएपछि पर्सा बाराका किसानहरु चिन्तित् भएका छन् ।

कृषि प्राविधीकका अनुसार , उखुको भित्र रातो हुने रोग नै रेड रोट हो । भेराइटी उखुको लागि रेड रोट रोक क्यान्सर जस्तै खतरनाक हुन्छ ।श्रीवास्तले भने ,‘ ‘उखुको तेश्रो र चैथो पातमा पहेंलो भएको छ भने त्यसमा रेड रोट लागेको हुन्छ,‘समयमै उपचार गरिएन भने सारा खेतमा फैलेर सबै बाली नै नस्ट गर्न सक्ने खतरा हुन्छ ।

रेड रोट रोगबाट उखु जोगाउनका लागि आफूहरुले यसको उपचारका लागि प्रयोग हुने रोको नामक पाउडर औषधि उधारोमा नै किसानलाई वितरण गरिरहेको रिलायन्स चिनी मिलका उखु व्यवस्थापक अतुल मिश्रले जानकारी दिए ।

Related posts

किसान भन्छन् : वीरगन्ज चिनी मिल चल्यो भने फेरि खुशीका ती दिनहरु फर्किन्छ

MadhesKhabar

सरकारकाे लापरबाहीले पर्साका किसानहरु धान सस्ताे भाउमा बिचाैलियालाई बेच्न बाध्य

MadhesKhabar

जगरनाथपुरमा नवनिर्मित आधुनिक कृषि भवन गाँउपालिकालाई हस्तान्तरण,अध्यक्ष यादवले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment