Madhes Khabar
राष्ट्रिय

जिसस बाराको प्रमुख र उपप्रमुखमा एमाले विजयी

मधेसखबर
वीरगन्ज,३०जेठः जिल्ला समन्वय समिति (जिसस) बाराको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

जिसस बाराको प्रमुखमा एमालेका नरेन्द्र कुमार साह निर्वाचित भएका हुन् । सोमबार भएको निर्वाचनमा २० मत प्राप्त गर्दै प्रमुखमा साह निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिए ।उनका निकटतम प्रतिद्वन्द्वी सत्तागठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका रामदयाल महतोले भने ९ मत मात्रै प्राप्त गरे ।

यस्तै जिसस बाराको उपप्रमुखमा पनि एमालेकै चण्डिका उप्रेती विजयी भएकी छन् । १७ मत प्राप्त गरी उनि उपप्रमुखमा निर्वाचित भएकी हुन् । उनकी प्रतिस्पर्धी सत्तागठबन्धनका तर्फबाट जनता समाजवादी (जसपा)का उम्मेदवार पवन कुमार ब्याहुतले भने १५ मत मात्रै प्राप्त गरे ।

जिसस बाराको सदस्यहरूमा पुरुषतर्फ जसपाका ३ जना, महिला तर्फ लोकतान्त्रिक समाजवादी (लोसपा)का १ जना, एमालेका २ जना र दलित वा अल्पसंख्यक सदस्यमा लोसपाका १ जना निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिसस बाराको निर्वाचनमा ९ वटा पदका लागि प्रमुख, उपप्रमुख र सदस्यहरु गरी २२ जनाले उम्मेदवारी दिएका थिए ।
जिससको निर्वाचनमा ३२ मत खसेकोमा ३ मत भने बदर भएको थियो ।

 

Related posts

अबदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म

MadhesKhabar

राष्ट्रिय सभाकाे उपाध्यक्षमा पर्साकी उर्मिला अर्याल निर्विराेध निर्वाचित

MadhesKhabar

बम बिस्फोट हुदा दुइ बालिकाको मृत्यु ,तीन घाइते

MadhesKhabar

Leave a Comment