Madhes Khabar
वाग्मती प्रदेश

हेटौंडाको मेयरमा नेकपा एस र उपमेयरमा कांग्रेसकोे जित सुनिश्चित

मधेसखबर
वीरगन्ज,०६जेठ :
वाग्मती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरािलिकाले महिला मेयर पाउने निश्चित भएको छ ।
हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना लामाको जित सुनिश्चित भएको छ । उनी २१ हजार ८सय २ मतसहित अग्रस्थानमा रहेकी छिन् । उनलाई पछ्याएका एमालेका अनन्तप्रसाद पौडेलको १९ हजार ७ सय १ मत रहेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हेटौंडामा अब वडा नम्बर ४ को करिब ४ सय मत गन्न बाँकी रहेको छ । जुन लामा र पौडेलबीचको मतान्तरभन्दा निकै कम हो । अहिले दुई उम्मेदवारबीच २ हजार १ सय १ मतको अन्तर रहेको छ । पौडेलले लामालाई गणनास्थलमै खादा ओढाएर बधाईसमेत दिइसकेका छन् ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाको जित सुनिश्चित भएको छ । उनले अहिलेसम्म २६ हजार ४ सय ४६ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेकी एमालेकी सुमित्रा काफ्लेले १९ हजार १ सय २ मत मात्र ल्याएकी छिन् । हेटौंडामा एकीकृत समाजवादीले मेयरमा र कांग्रेसले उपमेयरमा उम्मेदवारी दिएको हो ।

Related posts

पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

MadhesKhabar

भुकम्पबाट धादिङमा ६ वटा घर क्षतिग्रस्त ,१८ वटा घरमा आंशिक क्षति

MadhesKhabar

धादिङमा यात्रु बस त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment