Madhes Khabar
राष्ट्रिय

अफताब आलमलाइ थुनामुक्त नगर्न सर्वोच्चको आदेश

मधेसखबर
वीरगन्ज , २३ बैशाख
:रौतहटमा भएको बम बिस्फोटका अभियुक्त मोहम्मद अफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
शुक्रबार आलमको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । सर्वोच्चले शुक्रवार आलमको रिटमा सुनुवाइ गर्दै रौतहट जिल्ला अदालतको आदेश सदर गरेको छ ।
जिल्ला अदालतको आदेशविरुद्ध आलम उच्च अदालत जनकपुरको वीरगञ्ज अस्थायी इजलासमा पुगेका थिए । वीरगञ्ज अस्थायी इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेको थियो । जिल्ला र उच्च अदालतको आदेश उल्ट्याइ साधारण तारेखमा छाड्ने आदेश माग्दै आलम सर्वोच्च अदालत पुगेका थिए ।

कांग्रेसका सांसदसमेत रहेका आलमलाई २०६४ चैत २७ गते संविधान सभा चुनावअघि बम विस्फोट गराएको र घाइतेहरूलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप छ । उनी अहिले सांसद पदबाट निलम्बनमा परेका छन् ।प्रमाण नष्ट गर्नका लागि घाइतेहरूलाई इँटाभट्टामा हालेको उनीमाथि आरोप लागेको छ । रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई प्रहरीले २०७६ असोजमा पक्राउ गरेको थियो ।

Related posts

सरकारी जडीबुटी उत्पादन कम्पनीलाइ समस्या रहित बनाउछु : वन मन्त्री यादव

MadhesKhabar

ओडीसामा प्रकृतिसँगै पढ्ने नेपाली विद्यार्थीले भने : ढोका फुटाएर भित्र छिर्दा दिदी जिउँदै हुनुहुन्थ्यो

MadhesKhabar

रवि लामिछाने तेब्बर भन्दा बढि मतान्तरले विजयी

MadhesKhabar

Leave a Comment