
मधेसखबर
वीरगन्ज, २२ बैशाख : वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का नेपाली काँग्रेसका बुथ उपसभापति सहिज काँग्रेसका कार्यकर्ताहरु जनता समाजवादी पार्टी (जसपामा प्रवेश गरेका छन् ।
बैशाख ३० को निर्वाचन आउन एक हप्ता बाँकी रहेका बेला वडा नम्बर १५ का काँग्रेसका प्रभावशाली नेता कार्यकर्ताहरु पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका हुन् ।
यसले उक्त वडामा काँग्रेसका वडा अध्यक्षका उम्मेदवार गजेन्द्र पटेललाइ ठुलै धक्का लागेको जसपाका जिल्ला सचिव तबरेज अहमदले बताए ।
बिहीबार आयोजित जसपाको चुनावी कार्यक्रममा काँग्रेसका वडा समिसतका उपसभापति रामबच्चन पटेलका साथै रामाशीष पटेल , बासुदेव पटेल , डंकन पटेल, महेश पटेल ,अनिल पटेल , हृदय पटेल लगायत १५ जना जसपामा प्रवेश गरेका हुन् ।
कार्यक्रममा नवप्रवेशीहरुलाइ मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव , जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव , जिल्ला सचिव तबरेज अहमदले गम्छा ओढाएर अबीरटिका लगाइ पार्टीमा स्वागत गरेका हुन् ।
कार्यक्रममा वडा नम्बर १५ मा जसपाका वडा अध्यक्षका उम्मेदवार रमेश यादव , नगरपालिका कार्यपालिका सदस्य अजय सर्राफ लगायतको पनि सहभागीता थियो ।

