Madhes Khabar
राष्ट्रिय

पोष्टर र ब्यानर टाँस्न निषेध , टाँसेको नहटाए १ लाख जरीवाना

मधेस खबर
वीरगन्ज, १९ बैशाख
:निर्वाचन आयोगले चुनावी पोष्ट र ब्यानर टास्न निषेध गर्दै यदि कसैले पोष्टर र ब्यानर टासे १ लाख रुपैया जरीवाना तिराउने चेतावनी दिएको छ ।
निर्वाचन आगोगका अनुसार , वैशाख ३० गते हुने निर्वाचनमा राजनीतिक दल वा कुनै पनि उम्मेदवारले आफनो चुनावी पोस्टर र ब्यानर टाँग्न वा टास्न पाउने छैनन् ।
चुनावी पोस्टर टाँस्ने वा ब्यानर टाँगे त्यो निर्वाचन आचारसंहिता विपरित हुने भन्दै आयोगले कसैले त्यसको उल्लंघन गरे उसलाइ १ लाख रुपैया जरीवाना तिराइने जनाएको हो ।
यदि कोहि उम्मेदवार वा दलले अहिले पोस्टर वा ब्यानर टाँगेका छन् त्यो तुरुन्तै हटाउन पनि आयोगले चेतावनी दिएको छ ।
आयोगका सहप्रवक्ता सुर्य प्रसाद अर्यालले भने ,‘ चुनावी पोष्ट र ब्यानर टास्नु आचारसिंहता विपरीत हो, त्यस्ता कार्य गर्ने राजनीतिक दल वा उम्मेदवारले यथाशिघ्र उक्त ब्यानर र पोस्टर हटाउन आयोग निर्देशन दिन्छ,’।
अर्यालले अटेर गर्ने राजनीतिक दल वा उम्मेदवारलाई एक लाख जरिवाना गराउने जानकारी दिए । उनले भने ,‘ ’आयोगले तोकेको आचारसंहिता उल्लंघ गरे वा यथाशिघ्र त्यस्ता ब्यानर वा पोस्टर नहटाए एक लाखसम्म जरिवाना हुन्छ,’

Related posts

काठमाडौंमा नागरिकताविहीनहरुको खुशियाली

MadhesKhabar

गृहमन्त्रालय बारे निर्णय लिन रास्वपाले प्रचण्डलाई दियो दुई दिनको अल्टिमेटम

MadhesKhabar

मारवाडीविरुद्ध जथाभावी बाेल्ने दुर्गा प्रसाईंलाई कारबाही गर्न पुर्वमन्त्री शर्माकाे माग

MadhesKhabar

Leave a Comment