Madhes Khabar
खेलकुद

वैभव सूर्यवंशीकाे विश्व कीर्तिमान : २८ बलमै हाने शतक

काठमाडौं,८मंसिर:एसिया कप इमर्जिङ स्टार्समा यूएईमाथ शानदार जित हासिल गरेको भारत ए का युवा क्रिकेटर वैभव सूर्यवंशीले अनेकौं कीर्तिमान बनाएका छन् ।

कतारको राजधानी दोहामा सम्पन्न प्रतियोगिताको समूह बी अन्तर्गत मंगलबारको खेलमा भारत ए ले यूएईविरुद्ध ७ विकेटको भीमकाय जित हासिल गर्‍यो ।

यूएईले दिएको २ सय ५० रनको मध्यम लक्ष्य भारतले १४ ओभर २ बलमा तीन विकेट गुमाउँदै भेट्टायो ।

उक्त खेलमा भारत ‘ए’ का ब्याटर सूर्यवंशीले विभिन्न कीर्तिमान बनाए । उनले ‘लिस्ट ए’ खेलमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याटरको कीर्तिमान बनाए ।

१२ ओभर ५ बलमा आउट हुनुअघि उनले ५३ बलमा २ सय ४ रन बनाए ।

यस क्रममा उनले २८ छक्का र ७ चौका प्रहार गरे । लिस्ट ए क्रिकेटमा एक जना ब्याटरले प्रहार गरेको यो सबैभन्दा धेरै छक्का हो ।

त्यसैगरी उनले लिस्ट ए क्रिकेटमा सबैभन्दा कम बलमा शतक बनाउने क्रकेटरको रेकर्ड समेत बनाए । शतक पूरा गर्न उनले २८ बल मात्रै खेल्नुपर्‍यो ।

लिस्ट ए मा उनले सबैभन्दा कम बलमा १५० रन बनाउने ब्याटरको कीर्तिमान समेत बनाए । उनले ४० बलमै १५० रन पूरा गरे ।

त्यस्तै, उनले सबैभन्दा कम बलमा २ सय रन पूरा गर्ने खेलाडीको कीर्तिमान समेत राखेका छन् ।

Related posts

विश्वकप क्रिकेट: पहिलाे खेलमै पाकिस्तानकाे सानदार जित

MadhesKhabar

विश्वकप फुटबल खेल्ने ३२ देशको लाग्यो टुंगो, कुन समूहमा को ?

MadhesKhabar

टी-२० सिरिजकाे उपाधिका लागि नेपाल र नेदरल्यान्डस् भिड्ने

MadhesKhabar

Leave a Comment