मकवानपुर,८मंसिरः१९ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा हेटौँडा अस्पतालमा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्। प्रहरीले ३१ वर्षीय चिकित्सक प्रियम यादवलाई गत आइतबार राति अस्पतालबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पक्राउ परेका यादव सप्तरीको विष्णुपुर गाउँपालिका– ४ घर भई हाल हेटौँडा उपमहानगरपालिका– ९ मा डेरा लिई बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका एक प्रहरी अधिकारीका अनुसार किशोरीले गत आइतबार बेलुकी ८ बजे घटनाबारे प्रहरीलाई जानकारी गराएकी थिइन्।
त्यसपछि प्रहरीले त्यहिराति यादवलाई हेटौँडा अस्पतालबाट नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ। पक्राउ परेका यादवलाई जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।साभारःनयाँपत्रिका

