Madhes Khabar
समाचार

बारामा १६ लाख बढीको कपडा र पटाकासहितको पिकअप गाडी बरामद

बारा,१२असोजःबारामा सशस्त्र प्रहरीले एक गाडी कपडा र पटाका बरामद गरको छ । आदर्शकोतवाल गाउँपालिका वडा नम्बर १ बोहा जमुनियास्थित सडकबाट सशस्त्र प्रहरीले १६ लाख रुपैयाँ मूल्यको कपडा र पटाकासहित एउटा गाडी बरामद गरेको हो ।

सशस्त्र प्रहरी बेस क्याम्प तेलकुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक संजयकुमार यादव नेतृत्वको सशस्त्र प्रहरीको टोलीले कोतवालीबाट लङ्गडा चोकतर्फ आउँदै गरेको बागमती प्रदेश ०१– ०२५ च ६१७६ नम्बरको पिकअप गाडीसहित त्यसमा लोेड रहेको बिल बिजक नभएको १५ लाख ८५ हजार ५०० रुपैयाँ बराबरको लेडिज रेडिमेड कपडा र ५० हजार मूल्य बराबरको ६० बन्डल नागिन पटका बरामद गरेको हो।

बरामद गाडीकोपनि अन्दाजी मूल्य २० लाख रुपैयाँ मुल्याकंन गरिएको सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिए । बरामद कपडा र गाडी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइने र पटाका खाल्डोमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

 

Related posts

मधेश प्रदेशमा ६० प्रतिशत मतदान सम्पन्न

MadhesKhabar

आँफुले पढेको विद्यालयमा पुगेर नवनिर्वाचित सांसद सुशील कानुले गुरुजनबाट लिए आशीर्वाद

MadhesKhabar

बरिष्ठ सई सागर राणा ‘पुलिस अफ द मन्थ’ घोषित

MadhesKhabar

Leave a Comment