Madhes Khabar
समाचार

स्वर्णिम र शिशिरसँगको तस्वीर फेसबुकमा पोष्ट गर्दै बालेनले लेखेः देश उँभो लाउने टोली !

काठमाडौं,८मंसिरः प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यहरूसँग जहाजमा उभिएको तस्वीर फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सँगै उभिएको तस्वीरमा देखिन्छ ।

जहाँ उनले क्याप्सन लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’ मंगलबार दिउँसो शाहले फेसबुकमा सार्वजनिक गरेको यो तस्वीर भारत भ्रमणका क्रममा जहाजमा खिचिएको तस्वीर हो ।प्रधानमन्त्री शाहसँगै मन्त्रीहरू वाग्ले र खनाल भारत भ्रमणमा गएका थिए ।

शाहले यसअघि पनि अन्य दुई मन्त्रीहरू सुधन गुरुङ र सुनिल लम्सालसँग सँगै बसेको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्दै लेखेका थिए ।

 

Related posts

जेन–जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

MadhesKhabar

फेसबुकिया नेताहरु देख्दा दिक्क लाग्छ : मेयर सिंह

MadhesKhabar

प्रहरीसंगको झडपमा १५ शिक्षक घाइते, भोलिदेखि आन्दोलन थप चर्काउने महासंघको चेतावनी

MadhesKhabar

Leave a Comment